ट्रकले विद्यार्थी कुल्च्यो, कोहलपुर तनावग्रस्त

आक्रोशित विद्यार्थीले ट्रक जलाए, प्रहरीद्वारा दर्जनबढी अश्रुग्यास प्रहार


ट्रकले विद्यार्थी कुल्च्यो, कोहलपुर तनावग्रस्त

कोहलपुरः त्रिभुवन उमावि कोहलपुरका विद्यार्थीहरु सडक आन्दोलनमा उत्रेका छन् । कोहलपुरबाट नेपालगन्ज आउदै गरेको मालबहाक ट्रकले त्रिभुवन उमावि कक्षा ७ मा अध्ययनरत विद्यार्थी प्रकृति चन्दलाई कुचेलेपछि आन्दोलनमा उत्रिएका हुन् ।

कोहलपुरबाट नेपालगन्ज आइरहेको ट्रक ना २ ख ९४५९ नम्बरको ट्रकले त्रिभुवन उमावि अगाडी आईतबार विहान पौने दश बजे प्रकृतिलाई कुचल्दा उनको घटना स्थलमै मृत्यु भएको बुझिएको छ । यद्यपी उनको मृत्यु भएनभएको आधिकारिक जानकारी अझै पाउन सकिएकोछैन ।

Kanti Aarogya Hospital Nepalgunj

आफ्ना बुवासंग मोटरसाईकलमा विद्यालय आएकी प्रकृतीलाई पछाडीबाट आएको ट्रकले कुचेलेको हो । जेव्राक्रसिङ्ग नजिक सडक पार गर्नेक्रममा सोही दिसाबाट आएको ट्रकले ठक्कर दिदाँ प्रकृतीलाई केही परसम्म घिसारेर लगेको थियो । ट्रकले कुचल्दा प्रकृतीको एउटा खुट्टा शरीरबाट अलग भएकोछ । खुट्टाको हड्डी सडकमा छरपस्ट छ ।

दुर्घटनामा प्रकृतीको बुवा समेत घाईते भएकाछन् । दुर्घटना लगत्तै प्रकृति र उनको वुवालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएकोछ ।

विद्यालय प्राङ्गण नजिक भएको दुर्घटना लगत्तै आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयले ट्रक नियन्त्रणमा लिएर तोडफोड गरे ।

लगत्तै आक्रोसित भएको भीडलाई मथ्थर पार्न आएको ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरीटोलीमाथि समेत विद्यार्थीले ढुङ्ग, ईट्टा प्रहार गर्दै आन्दोलित बनेकाछन् ।

ट्रकले विद्यार्थी कुचेलेको घटनालाई लिएर तनावग्रस्त बनेका विद्यार्थीले आँखा अगाडी आएका अन्य सवारीसाधनमाथि समेत प्रहार गरे ।
स्थिती तनावग्रस्त बनेपछि प्रहरीले दर्जनबढी अश्रुग्यास प्रहार गरेकोछ ।

घटनापछि कोहलपुरमा ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीको कमाण्डमा ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ । थप घटनाविवरण आउन बाँकी....