यस्तो थियो कोहलपुर घटना


यस्तो थियो कोहलपुर घटना

कोहलपुर: सधैंझै प्रकृति चन्द आईतबार करिब पौने १० बजे बुबाको स्कुटरमा बसेर त्रिभुवन माध्यमिक विद्यालय पुगिन् । शनिबारको विदापछि खुलेको विद्यालय आएकी उनी दुर्घटनामा परिन् । घरबाट सकुसल बुवासगैं रमाएर विद्यालय आएकी उनको दुर्घटना हुदाँ घटनास्थलमै एउटा खुट्टा समेत गुम्यो ।

बुवासगैं भे ६ प २७४० नम्बरको स्कुटीबाट विद्यालय आएकी प्रकृति सवार स्कुटरलाई सगसगैं पछाडिबाट हुत्तिँदै आएको ट्रकले विद्यालय प्राङ्गण नजिक कुचल्यो ।

कक्षा ७ मा अध्ययनरत १३ वर्षिय चन्दको खुट्टामा कुल्चिएर ना २ ख ९४५९ नम्बरको ट्रक अघि बढ्यो । ट्रकले कुचल्दा उनीसगैं उनका वुवा पनि घाईते भए ।

ट्रकको चक्कामुनी परेकी प्रकृतीलाई ट्रकले केही परसम्म घिसारेर लग्यो । उनको खुट्टाका अवशेष सडकमा छरपस्ट भयो । रगतले सडक रगताम्बे बन्यो । विद्यालय प्राङ्गण अगाडी र विद्यार्थीकै अगाडी दुर्घटना हुदाँ विद्यार्थीहरुले ट्रकलाई तुरुन्त घेरा हालेर रोके ।

Kanti Aarogya Hospital Nepalgunj

त्यतीकैमा घाईते प्रकृति र उनका बुवालाई उद्दार गरि उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लगियो । विद्यार्थीको नियन्त्रणमा रहेको ट्रक छुटाउन र अवस्था बुझ्न भन्दै ईलाका प्रहरी कार्यालय, कोहलपुरबाट सादा पोशाकमा खटिएका एक प्रहरी अधिकृत पनि पुगे ।

ती प्रहरी अधिकृतले घटना विवरण र अवस्थालाई अवेज्ञा गर्दै विद्यार्थीलाई धम्क्याउँदै कुटपिटको प्रयास समेत गरेको स्थानीय प्रत्यक्षदर्शीले सेतोखरीलाई बताए । त्यतीकैमा विद्यालयका शिक्षक पुगेर सादा पोसाकमा रहेका प्रहरीलाई भिडबाट बाहिर निकालियो । सोक्रममा शिक्षक र विद्यार्थीमाथि समेत प्रहरीले दुव्र्यवहार ग¥यो । प्रत्येक्षदर्शीले बताए ।

ट्रकले आफ्नै सहपाठीलाई कुल्चेर मरसान्न बनाएको अवस्थामा प्रहरीले दोषीलाई नियन्त्रणमा लिई घटनाको सत्यतथ्य नबुझी शिक्षक र विद्यार्थीमाथि गरेको अभद्र व्यवहारले भीड झन् आक्रोशित बन्यो ।

न्यायको खोजीमा सडकमा उत्रिएका विद्यार्थीको भिडले ट्रकमाथि ढुङ्ग, ईट्टा प्रहार गरे । प्रहरी भिड साम्य बनाउन अघि बढ्यो । सोक्रममा प्रहरीले विद्यार्थी छोप्दै लछारपछार गर्न थाल्यो भिडमा एकाएक भागदौड मच्चियो ।

उत्तेजित र आक्रामक बनेको विद्यार्थीमाथि विद्यालय हाताभित्र प्रवेश गर्दै प्रहरीले बल प्रयोग गर्दा थुप्रै विद्यार्थी प्रहरीको लाठी र लछारपछारको सिकार बने । तितरवितर बनेको सयौं सख्याका विद्यार्थीले विद्यालयको छत, सडक, विद्यालय गेट लगायतका ठाउँबाट प्रहरीमाथि ढुङ्गा, ईट्टा बर्साउन थाल्यो ।

ट्रकले विद्यार्थी कुचेलेको घटनालाई लिएर तनावग्रस्त बनेका विद्यार्थीले आँखा अगाडी आएका दर्जनबढि अन्य सवारीसाधनमाथि समेत तोडफोड गरे ।

प्रहरीले सोक्रममा हवाई फायर समेत गरेको थियो । थोरै संख्यामा रहेको प्रहरीको केही लागेन । अन्ततः सवा ११ बजेतिर विद्यार्थीले ट्रकमा आगो लगाए ।

प्रहरीले विद्यार्थीलाई भगाउन हवाईफायर ग¥यो । विद्यार्थीलाई प्रहरीले लछारपछार गरेको देखेपछि स्थानीय बासिन्दा पनि आक्रोशित हुँदै आन्दोलनमा मिसिएपछि आन्दोलनकारीको संख्या एकाएक बढ्यो । सो भिडमा मौकाको फाईदा उठाउनेको एक हुल समहु सक्रिए बन्यो । त्यो हुलले भीडलाई झनउग्र बनाउदै अघोषितरुपमा नेतृत्वगर्दै सुरक्षकर्मीमाथि जाइलग्यो ।

सानो संख्यामा रहेका प्रहरीलाई आन्दोलनकारीले ढुंगाले हान्दै कोहलपुर बजारमा रहेको ईलाका प्रहरी कार्यालयसम्म लखेटेका थिए । दिउँसो करिब एक बजेतिर आक्रोशित भिडले ईलाका प्रहरी कार्यालयसगैं रहेको क्यान्टिन तोडफोड गरेर जलाइदिए । प्रहरी कार्यालयमै आक्रमण हुन थालेपछि स्थिती नियन्त्रणमा लिने भन्दै प्रहरीले दर्जनबढी अश्रुग्यास सहित गोली चलायो ।

त्रिभुवन उमाविबाट सुरु भएको आन्दोलन ईलाका प्रहरी कार्यालयभित्रसम्म पुगेपछि प्रहरी र आन्दोलनरत विद्यार्थीबीच झडप भयो । सो क्रममा तीनदर्जन बढि सुरक्षाकर्मी र उत्तिकै मात्रामा विद्यार्थी घाइते भए । अवस्था नियन्त्रणभन्दा बाहिर जानसक्ने देखिएपछि बाँके प्रहरीले कोहलपुरलाई शान्त बनाउन जिल्लाबाट ठूलो संख्यामा प्रहरी परिचालन गर्दै भीड शान्त बनायो ।

कक्षा १२ सम्म पढाइ हुने त्रिभुवन उमाविमा करिब २४ सय जना विद्यार्थी अध्ययरत छन् । प्रकृतिसहित अन्य घाइतेको उपचारका लागि आईतबार बेलुका सेनाको हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको छ ।

यो समाचार तयार पार्दासम्म दुर्घटनामा घाईते प्रकृतिको दाहिने खुट्टा काट्नु परेको उपचारमा संलग्न ग्वार्कोस्थित विएण्डवि हस्पिटलका चिकित्सकरुहले बताएका छन् ।