कोहलपुर दुर्घटना प्रकरण
नेपालगन्ज: सद्भाव ¥यालीसगैं कोहलपुरको अवस्था सामान्य बनेकोछ । यसअघि आईतबार विहानदेखि तनावग्रस्त बनेको कोहलपुर तीनदिन पछि आज मङ्गलबार सामान्य बनेकोहो ।
विद्यालय प्राङ्गण अगाडी ट्रकको ठक्करबाट त्रिभुवन उमावि कक्षा ७ मा अध्ययनरत १३ वर्षिया छात्रा प्रकृति चन्द गम्भीर घाइते भएपछि उत्पन्न परिस्थितिलाई मत्थर बनाउन कोहलपुर क्षेत्रमा लागू गरिएको निषेधज्ञा समेत हटाइएको छ ।
कोहलपुरमा जनजिवन सामान्य बन्दै गएपछि आईतवार बेलुकीबाट लागू गरिएको निषेधित क्षेत्र आज विहानबाट हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनले कोहलपुरमा विहान सद्भाव ¥यालीसँगै निषेधित क्षेत्र फुकुवा गरिएको बताए ।
छात्रा चन्दलाई ट्रकले किचेर गम्भीर घाईते बनाएपछि आईतबार विहानदेखि दोषीमाथि कारबाही, पीडितलाई न्याय र औषधी उपचारको माग गर्दै सडक आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले सोमबार पनि दिनभर आन्दोलन जारी राखेका थिए ।
कोहलपुर चौराहदेखि सुरु भएको सद्भाव ¥याली त्रिभुवन उमाविको प्रङ्गणमा आएर कोण सभामा परिणत भएको थियो । मङ्गगलबार विहान ९ बजेतिर कोहलपुरका विभिन्न राजनीतिक दल, विद्यार्थी, शिक्षक, व्यापारी तथा स्थानीय लगायतको सहभागितामा सद्भाव ¥याली निकालिएको हो ।
कोणसभामा बोल्दै त्रिभुवन विद्यालयकी प्रध्यानाध्यापक देवका थापाले बालिका र घाईतेको उपचारसगैं शिक्षादिक्षामा कुनै कन्जुस्याई नगरि यसअघि भएको ६ बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन विद्यालय क्षेत्रमा सुरक्षा सर्तकता अपनाउन सम्बन्धित निकायलाई समेत आग्रह गरिन् ।
यस्तै सद्भाव ¥यालीको कोणसभामा बोल्दै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीले आईतबार भएको कोहलपुर दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सचेतनामुलक कार्यक्रम गर्ने बताईन् । उनले घाईतेहरुको उपचारका लागि नगरपालिकाले २ लाख रकम सहयोग गर्ने बताउँदै नगरबासीमा संयमता र धेैर्यता कायम राखि शान्ति सुरक्षा निर्माणमा सवैलाई लाग्न आग्रह गरिन् ।
यसअघि कोहलपुर घटनालाई मथ्थर बनाउन सोमबार बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले सोमबार बेलुकामात्र ६ बुँदे सहमति जुटाउन सफल भएको थियो ।
कोहलपुरको पिपरीमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षिय बैठकले सरकार समक्ष विभिन्न ६ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेपछि कोहलपुरमा आज सद्भाव ¥याली निकाल्दै विद्यार्थी तथा पीडित पक्षले आन्दोलनका सवै कार्यक्रम फिर्ता समेत लिएका छन् ।
बैठकले सोमबार अपरान्ह कोहलपुरमा सद्भाव ¥याली आयोजना गर्ने निर्णय गरेता पनि आन्दोलनरत विद्यार्थी तथा घाइतेका आफन्तको मागअनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) हेम शाहीलाई प्रमुखको जिम्मेवारीबाट हटाएपछि सद्भाव ¥याली स्थगित भएको थियो । सद्भाव ¥याली निकाल्ने निर्णय भए पनि कोही पनि सहभागी नभएपछि अन्तिममा स्थगित गर्नुपरेको थियो । सोमबार बिहान ११ बजेदेखि बसेको वार्ता बेलुका ५ बजे ६ बुँदे सहमति गर्दै टुंगिएको हो ।
६ बुँदे माग यस्तो छ
६ बुँदे माग अन्तर्गत दुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको शिक्षा दिक्षासहित जीवनयापनको लागि उचित क्षतीपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने उल्लेख छ । आन्दोलनमा घाइतेहरुको सम्पूर्ण उपचार खर्च राज्यले व्योहर्ने सहमति भएको छ ।
यस्तै, घटनामा घाइते विद्यार्थी, सर्वसाधारण, सुरक्षाकर्मीलाई सुस्वाथ्यको कामना गर्दै सद्भाव वातावरण सिर्जना गर्न प्रहरी प्रशासन सबै राजनीतिक दल, नागरिक समाज, शिक्षक विद्यार्थीहरु लगायत सबै सरोकारवाला पक्षले पहल गर्नका सद्भाव ¥यालीको आयोजना गर्ने, घटना उग्र हुन नदिन प्रहरी प्रशासन र विद्यार्थीबीच कहाँ, कसले, कुन कुन ठाउँमा कमजोरी भयो छानबिन गर्न न्यायिक समिति गठन गर्नका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने, घटनामा आगजनी, तोडफोड भइ पुगेको क्षतिपूर्ति उपलब्ध गराउन सरकार समक्ष अनुरोध गर्ने, घाइतेको उपचार, क्षतिपूर्तितथा राहतको लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, शैक्षिक संस्था लगात सरोकारवाला सबैले आ–आफ्नो तह र तप्काबाट आवश्यक पहल गर्ने निर्णयभएको थियो ।
कोहलपुरको दुर्घटना घटनापछि अशान्त बनेको कोहलपुर क्षेत्रमा आईतबार बेलुकादेखि लागुहुनेगरि बाँके प्रशासनले पूर्वमा रोहिणी खोला, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता चोक र दक्षिणमा पिपरी चोकसम्म कुनै सभा, सम्मेलन, हुलहुज्जत, प्रदर्शन गर्न नपाइने गरि निषेधज्ञा लागु गरेको थियो । सद्भाव ¥यालीसँगै कोहलपुरको जनजिवन सामान्य बन्दै गएको छ । बजार खुलेका छन् भने यातायातका साधन सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।