कोहलपुर : बाँकेको कोहलपुरमा बुधबारबाट ११औं क्रिसा रनिङ् शिल्ड प्रतियोगिता शुरू भएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले आयोजना गरेको रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुर्दशन बरालले गरेका छन् ।
मन्त्री बरालले नेपालको शैक्षिक विकासका लागि संस्थागत विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउँदै अब विश्व परिवेश अनुसारको गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।
प्रदेश पाँचको शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैसँग सहकार्य गरिरहेको उनले जानकारी दिए । मन्त्री बरालले विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरिएकाले विद्यालय क्षेत्र भित्र यस्ता घटना हुनु दुःखद भएको उनले बताए ।
कोहलपुर नगरपालिकाकी कार्यवाहक मेयर सञ्जुकुमारी चौधरीले कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि संस्थागत विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए ।
स्थानीय सरकारले संस्थागत विद्यालयसँग सहकार्य गरिरहेको उनको भनाई छ । खेलकुदका माध्यमबाट विद्यार्थीको व्यक्तित्व विकासमा हुने भन्दै उनले स्थानीय सरकारले खेलकुदलाई प्राथमिकता दिइरहेको बताइन् ।
प्रतियोगिताको पहिलो दिन प्राथमिक तह अन्र्तगत १ सय मिटर दौड र म्युजिकल चियर तथा माध्यामिक तह १ सय मिटर दौड, १ सय मिटर रिले दौडको हिट हुने आयोजकले जानकारी दिएको । प्रतियोगितामा क्रिसामा आवद्ध ३३ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रावि तहतर्फ फाईभ ए शिल्ड फुटबल, म्युजिकल चिएर, सय मिटर र ४ सय मिटर दौड तथा मावि तह अन्तर्गत एक सय, १५ सय र चार सय मिटर रिले दौड, लङ्न जम्प, सटपुट र भलिबलका खेलहरु सञ्चालन गरिने भएका छन् ।