क्रिसा रनिङ्ग शिल्ड जारी, सटपुटमा गोरखा प्रथम


क्रिसा रनिङ्ग शिल्ड जारी, सटपुटमा गोरखा प्रथम

नेपालगन्ज : कोहलपुरमा जारी ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिताको छात्रा तर्फको सटपुटमा गोरखा यूनाईटेड पब्लिक स्कुलकी छात्रा पूर्णिमा खड्का प्रथम भएकी छिन् ।

प्रतियोगिताको दोस्रो दिन सम्पन्न भएको मावि स्तरीय सटपुटमा प्रयत्न स्कुलकी छात्रा सविना वली द्वितीय र दिपज्योति विद्याश्रमकी मञ्जु राना तृतीय भएकी छिन् भने छात्र तर्फ दिपज्योति माविका सुनिल दडेल प्रथम, निम्बल एकेडेमीका अन्तिम बम द्वितीय र स्काईल्याण्डका यन्दीप थापा तृतीय भएका छन् ।

त्यस्तै लङ्गजम्प तर्फ छात्र तर्फ हिमालय विद्यानिकेतनका आकृष कुँवर प्रथम, दिपज्योति माविका बुद्विराम बस्नेत द्वितिय र दिव्यविद्या सदनका सरोज चौधरी तृतीय भएको छन् भने छात्रा तर्फ ग्रिनपिस माविकी तुल्सा परियार प्रथम, जनज्योति पब्लिक स्कुलकी अन्जलि चौधरी र हिमालय विद्या निकेतनकी सरु गुरुङ्ग तृतीय भएकी छिन् ।

त्यस्तै प्रतियोगितामा प्रावि (कक्षा १ देखि ५) तह एक सय मिटर दौड छात्र तर्फ डाइनामिक स्कुलका आदर्श चौधरी प्रमथ, जनज्योति पब्लिक स्कुलकी निलम थारु द्वितीय र साईनिङ्ग स्टारकी ज्ञानु सुनार तृतीय भएकी छन् भने छात्रा तर्फ हिमालय विद्या निकेतनकी रिमद थारु प्रथम, पञ्चमुखी माविकी रेश्मी बाल्मीकी र दिपज्योति विद्या निकेतनकी भावना बिसी तृतीय भएकी छिन् ।

Kanti Aarogya Hospital Nepalgunj

म्युजिकल चेयरको छात्र तर्फ स्काईल्याण्डका निश्चल श्रेष्ठ प्रथम, वस्र्टन माविका सनिर सुनार द्वितीय र लिटिल फ्लावरका शिव बस्नेत तृतीय भएका छन् भने छात्रा तर्फ एस मदरल्याण्डकी सविता पुन मगर प्रथम, दिपज्योति विद्यानिकेतनकी भावना बिसी द्वितीय र नमूना विद्या सदन माविकी सुजता कार्की तृतीय भएकी छिन् ।

प्रतियोगिताको दोस्रो दिन चार सय ईन्टु चार मिटर रिले दौडको हिट सम्पन्न भएको छ । प्रतियोगिताको शुक्रबार समापन हुने क्रिसाका अध्यक्ष दिनेश सिग्देलले बताए ।