नेपालगन्ज : बाँकेको नेपालगन्जमा शनिबार प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बुद्धिचाल संघ बाँकेले शनिबारदेखि सोमबारसम्म ‘प्रदेश स्तरीय प्रथम बाँके रेटिङ बुद्धिचाल (चेस) प्रतियोगिता’ सञ्चालन गरेको हो ।
प्रदेशमै पहिलो पटक सञ्चालन गर्न लागिएको प्रतियोगितामा खुल्ला, महिला र विद्यार्थी गरी तीन विधाका खेलाडीलाई समावेश गरिने आयोजक बुद्धिचाल संघ बाँकेका सचिव शुसील सापकोटा बताउँछन् ।
शनिबार बिहान ९ बजेबाट शुरू हुने प्रतियोगितामा सहभागी उत्कृष्ट १० लाई पुरस्कारको ब्यवस्था मिलाईएको सापकोटाले बताए । प्रतियोगितामा खुल्लातर्फ प्रथम हुनेले १२ हजार नगद प्राप्त गर्ने छन् । महिला र विद्यार्थीतर्फ समान २ हजार ५ सय पुरस्कार तोकिएको छ ।
प्रतियोगितामा बाँके उत्कृष्ट, नेपालगन्ज उत्कृष्ट, भेट्रा गरी ३४ विधाका खेलाडीलाई पुरस्कृत गरिने आयोजक बुद्धिचाल संघ बाँकेका सचिव सापकोटाले बताए ।