नेपालगन्ज : अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण पुसदेखि हुने भएको छ । पुस २२ बाट सुरु भएर माघ ४ गतेसम्म चल्ने प्रतियोगितामा गएको वर्षभन्दा दोब्बर पुरस्कार राखिएको छ ।
पहिलो संस्करणमा एक लाख पुरस्कार रहेको अन्तर वडास्तरीय क्रिकेटमा यसपाली दुई लाख बनाइएको आयोजक द ग्रुप अफ सिस्टिन युथ क्लवले जनाएको छ ।
प्रतियोगितामा नेपालगन्जका २३ वटै वडाका टीमको सहभागिता हुने कार्यक्रम संयोजक तरुण बज्राचार्यले जानकारी दिए । यस्तै यो पालि खेलाडीको बीमा गरिएको छ । दोस्रो हुने टीमलाई एक लाख, म्यान अफ द सिरिजलाई ५० हजार रुपैयाँ राखिएको छ ।
विधागत उत्कृष्ट खेलाडीलाई २०–२० हजार रुपैयाँ राखिएको छ । क्यानको प्राविधिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वय रहेको प्रतियोगिताले वडामा खेलाडी उत्पादनमा सघाउ पु¥याउने आशा गरिएको छ । आयोजकले ‘हाम्रो अभियान, वडाभित्रको खेलाडी पहिचान’ भन्ने नारालाई अघि सारेका छन् ।