दिसापिसाब लागे गाडीमै शौचालय


दिसापिसाब लागे गाडीमै शौचालय

नेपालगन्ज : नेपालगन्जमा सार्वजनिक शौचालयको अभाव रहेको बेला उपमहानगरपालिकाले बुधबार सार्वजनिक घुम्ती शौचालय सन्चालनमा ल्याएको छ ।


महिनादिन अघि घुम्ती शौचालय नेपालगन्ज आइपुगेपनि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमाथापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल लगायतको उपस्थितीमा उक्त घुम्ती शौचालयको औपचारिक सुरुवात गरिएको हो । एकपटकमा ८ जनाले प्रयोग गर्न मिल्ने उक्त घुम्ती शौचालयमा शौच गरेबापत शूल्क तिर्नुपर्ने हुन्छ ।

Kanti Aarogya Hospital Nepalgunj


सर्वसाधारणका लागि उपमहानगरपालिकाले सार्वजनिक घुम्ती शौचालय सञ्चालन गरेको मेयर डा धवल शम्शेर राणाले जानकारी दिए । सार्वजनिक शौचालय नहुँदा स्थानीय, पैदल यात्रुलाई सास्ती हुने गरेको थियो ।


५९ लाखको लागतमा चारवटा घुम्ती शौचालय उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको छ । नेपालगन्जका विभिन्न स्थान सर्वसाधरणको भीड हुने स्थानमा उक्त शौचालय राखिनेछ । शौचालयलाई पहिलो चरणमा बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चोक र त्रिभुवन चोक आसपास राखिने प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए ।