राष्ट्रिय खेलाडीलाई सम्मान


राष्ट्रिय खेलाडीलाई सम्मान

विराटनगर : भर्खरै सम्पन्न साग खेलमा कास्य पदक विजेता विराटनगरकी राष्ट्रिय खेलाडी प्रेरणा कोइरालालाई शुक्रबार यहाँ सम्मान गरिएको छ । विराटनगर महानगरपालिका–११ वडा कार्यालयबाट गरिएको सो सम्मानमा कास्य पदक विजेता कोइरालालाई रु ११ हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ ।

प्रदेशसभा सदस्य नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले राष्ट्रको गरिमा बढाउन खेलाडीलाई उच्च सम्मान हुनुपर्ने बताए । उनले विजेता कोइरालालाई रु ५१ हजार नगद प्रदान गर्ने घोषणा गरे ।

Kanti Aarogya Hospital Nepalgunj

विराटनगर महानगरपालिकाका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले कास्य पदक विजेताले राष्ट्रिय गौरव बढाएको बताए । -रासस