हिमालयलाई ‘क्रिसा रनिङ शिल्ड’को उपाधी


हिमालयलाई ‘क्रिसा रनिङ शिल्ड’को उपाधी

नेपालगन्ज: बाँकेको बैजनाथस्थित हिमालय विद्या निकेतनले कोहलपुरमा सम्पन्न ११ औं क्रिसा रनिङ् शिल्ड प्रतियोगितको उपाधी उचालेको छ ।
कोहलपुर क्षेत्रका संस्थागत विद्यालयको छाता संगठन क्रिसाले आयोजना गरेको ११ औं रनिङ् शिल्ड प्रतियोगितामा हिमाल विद्या निकेतनले लङजम्प छात्र र छात्रामा प्रथम, एक सय मिटर दौडमा छात्र तर्फ प्रथम, छात्रा तर्फ द्वितीय, एक सय ईन्टु चार मिटर दौडमा छात्रा तर्फ प्रथम, छात्र तर्फ द्वितीय र चार ईन्टु चार सय रिले दौडमा छात्र तर्फ द्वितीय हुँदै उपाधी जितेको छ ।

क्रिसाले प्रतियोगिताको प्रथमलाई मात्र यस वर्ष सम्मान गरेको छ । त्यस्तै मार्च पासमा ग्रिनपसि प्रथम, साईनिङ् स्टार र नमूना विद्या सदन द्वितीय र बागेश्वरी एकेडेमी तृतीय भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतियोगिताको उत्कृष्ट खेलाडिका रूपमा हिमालय विद्या निकेतनका अकृश कँुवर र गोरखा यूनाईटेडकी पूर्णिमा खड्का भएकी छन् । विद्यालय तर्फ पञ्चमुखी माविलाई सम्मान गरिएको छ ।

भलिबल मावि अन्तर्गतको छात्र तर्फ दीपज्योति मावि चिसापानी प्रथम, भेरी फ्युचर मावि द्वितीय र तक्षशिला एकेडेमी तृतीय भएको छ । छात्रा तर्फ साईनिङ् स्टार मावि प्रथम, दीपज्योति विदा निकेतन द्वितीय र प्रयत्न मावि तृतीय भएको क्रिसाका अध्यक्ष शिवप्रसाद डाँगीले बताए ।
उनकाअनुसार क्रिसामा आवद्ध ३३ वटा विद्यालयको प्रतियोगितामा सहभागिता थियो ।