नेपालगन्ज : बाँकेको ग्रामीणक्षेत्रका किसानले उत्पादन गरेको दुध खरिद गरी बिक्रि वितरणका लागि ल्याउने दुध संकलकबाट बाँके ट्राफिक प्रहरीले नियमित रकम असुल्दै आएको खुलेको छ ।
नेपालगन्ज उपमहानगरपालिका भित्र बिक्री बितरण गर्दै आएका दुध संकलनले ट्राफिकलाई नियमित रकम बुझाउँनु परेको खुलासा गरेका हुन् । उनीहरूका अनुसार ट्राफिकले मागेको रकम नदिए प्रहरीबाट दुध बजार लैजान अवरोध सिर्जना हुने गरेको गुनासो गरेका छन् ।
सय बढि यस्ता दुध संकलनले मोटरसाईकलमा हालेर नेपालगन्जका घर घरमा पुगेर बिक्री गर्दै आएका छन् । मोटरसाईकलमा यसरी दुध बिक्री गर्न नपाउने भन्दै प्रहरीले उपमहानगरपालिकाभित्र प्रवेश गर्न नदिईएको उनीहरुको भनाई छ । दुध संकलनले आफुहरू प्रहरीले पाँच सयदेखि एक हजारसम्म रूपैयाँ लिने गरेको बताए । यदि मागेको रकम नदिए ग्रामिण क्षेत्रबाट आउने दुध बाटोमै रोक्ने समेत गरिएको उनीहरू बताउँछन् ।
‘यसरी मोटरसाईकलमा दुध ल्याउन पाईदैन भन्दै अवरोध गरिन्छ । रूपैयाँ मागिन्छ तर, यसरी मागेको रूप्रयाँको रसिद भने ट्राफिकले दिन मान्दैनन् एक दुध संकलकले भने ‘ हरेक दिन यस्ता अवरोध हटाउदै दुध बिक्री गर्नु परेको छ ।’ बिहान चार बजे उठेर किसानको घरमा पुगेर संकलन गरेको दुध संकलकहरूले मोटरसाईकलमा हालेर नेपालगन्जमा बिक्री गर्दै आएका छन् । आफुहरुले बिक्री गर्ने दुध गुणस्तरीय रहेको ती दुध संकलकले बताए ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले दुध बिक्रीमा कुनै अवरोध सिर्जना नगरिएको बताएका छन् । त्यस्तो कार्य गर्नेलाई कारवाही हुने पनि बताए । तर, खजुराको मानपुर लगायतका क्षेत्रमा ड्युटी गर्ने ट्राफिकले नियमित दुध संकलकसँग रकम असुल्दै
आईरहेका छन् ।