नेपालगन्ज: नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा भव्य झाँकीसहितको कार्यक्रम गरिने भएकोछ । राप्रपा नगर कमिटि कोहलपुरको शनिबार बसेको बैठकले जन्मदिन धुमधामका साथ मनाउने निर्णय गरेको हो ।
राप्रपा कोहलपुर नगर कमिटिका अध्यक्ष सरिता शाहीको अध्यक्षतामा बसेको बैठकले आगामी पुष २७ गते कोहलपुरमा बृहत झाँकी सहितको ¥याली तथा द्विप प्रज्वलन गरिने राप्रपा बाँकेका प्रवक्ता श्रीधर सुवेदीले जानकारी दिए ।
उनका अनुसार नेपाल एकीकरणका नायक शाहको २९७ औं जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुष २७ गते दिउँसो ३ बजे त्रिभुवन उमावि कोहलपुबाट झाँकीसहितको बृहत ¥याली निकालिनेछ । त्रिभुवन उमाविबाट सुरु भएको ¥याली कोहलपुर चौराहमा पुगेर कोण सभामा परिणत हुने राप्रपा बाँके पार्टी प्रवक्ता सुवेदीले जानकारी दिए ।
उनका अनुसार सोही दिन कोहलपुर चौराहमा भव्य द्विप प्रज्वलन समेत गरिनेछ । राष्ट्रपीता पृथ्वीनारायण शाहको जन्मदिन मनाउन आयोजना गरिन लागेको उक्त बृहत ¥यालीमा विद्यार्थी, राजनितिक, उद्योगी,व्यसायी, नागरिक समाज लगायतको उपस्थितीका लागि सुवेदीले आग्रह समेत गरे । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, जनस्तरबाट पृथ्वी जयन्ती मनाइदै आएकोछ ।
यसअघि शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारी तहबाटै मनाइन्थ्यो । तर, गणतन्त्र स्थापनापछि सो प्रचलन हट्यो । पछिल्लो केही वर्षबाट भने सार्वजनिक विदा नदिएपनि औपचारिक कार्यक्रमहरुमा सरकारी अधिकारीहरुको सहभागिता समेत हुन थालेको छ ।
सार्वजनिक विदा नदिए पनि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई जनस्तरबाटै सम्मान गर्न दिवस मनाउन थालिएको राप्रपा बाँकेका प्रवक्ता सुवेदी बताउँछन् ।
करिब तीन सय वर्षअघि बाइसे र चौबिसे राज्यमा विभाजित भएको र ब्रिटिस साम्राज्यले भारतमा कब्जा जमाएसँगै नेपाल निल्न खोजेका बेला तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा साना राज्यहरुलाई एकीकरण गरि सिङ्गो नेपाल निर्माण गरिएको ईतिहास छ ।