‘साङ्लो’ बोकर नेपालगन्ज आए विराज


‘साङ्लो’ बोकर नेपालगन्ज आए विराज

साङ्लो चलचित्रका बारेमा जानकारी दिदै नायक तथा निर्देशक विराज भट्ट । तस्विरः विजय मल्ल /सेतोखरी

नेपालगन्ज: लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा 'साङ्लो'बाट विराज भट्ट कमब्याक गरेकाछन् । विराज अभिनित चलचित्र साङ्लो आगामी माघ २४ गते रिलिज हुदैछ ।

आफ्नै लागनी तथा निर्देशनमा निर्माण भएको चलचित्र साङ्लोमा बिराजको मुख्यभूमिका रहेकोछ । कडा मेहनत र परिश्रमका साथ निर्माण भएको साङ्लो चलचित्र साङ्लो निर्माणदेखिनै निकै चर्चामा छ ।

नायक बिराज केही समय नेपाली चलचित्र क्षेत्रबाट पलायन जस्तै भएका थिए । नायक भट्ट भोजपुरी चलचित्रमा आफ्नो करियर बनाउन सक्रिय देखिएका उनीद्वारा निर्देशित, निर्मित चलचित्र साङ्लोको देशव्यापी प्रचारप्रसारमा विराज ब्यस्त छन् ।

सोही चलचित्रको प्रचारप्रसारका लागि उनी नेपालगन्ज आएकाछन् । भोजपुरी चलचित्रमा काम गरेपनि नेपाली चलचित्रको मोह कायमै भएकाले उनी नेपाली चलचित्रजगतमा नयाक तथा निर्देशकका रुपमा कमब्याक गरेको बाउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

साङ्लो चलचित्रको प्रचारप्रसारका लागि नेपालगन्जमा शनिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने 'आज म जे छु त्यो नेपाली दर्शकको माया, साथ र हौसलाका कारण छु ।' उनले अघि थपे -'मप्रतिको दर्शकको माया, साथका कारण पुनः नेपाली चलचित्रमा काम गर्ने वातावरण बनाइदियो । फलस्वरुप दर्शककामाझ साङ्लो लिएर आएकोछु ।'

उनले पत्रकार सम्मेलनमा बोल्दै भने-'नेपालगन्ज नेपाली सिनेमाको ठुलो बजार हो, यहाँ नेपाली चलचित्रलाई माया गर्नेहरु धेरै रहेकाले सांङलोलाई पनि माया गर्नुहुनेछ भन्ने आशा लिएकोछु । माघ २४ गते साङ्लो सपरिवार हेरिदिन आग्रह गर्छु ।'

माघ २४ गते प्रदर्शन मिति तय गरिएको चलचित्रमा निर्देशक तथा नायक भट्टद्वारा अभिनित यस चलचित्रबाट पुर्व मिस नेपाल निकिता चण्डकले डेब्यु गर्दैछिन् । चलचित्र निर्माणदेखि प्रदर्शन मितिसम्मको प्रचार प्रसार गरी दुई करोड लगानी लागेको नायक भट्टले बताए ।

सिनेमामा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको पनि अभिनय छ । भने श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।