आचारसंहिता विपरित समावेशी समूहका उम्मेदवार चिरञ्जिवि ओलीको सक्रियतामा परिचयपत्र गायब

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन–२०७६


आचारसंहिता विपरित समावेशी समूहका उम्मेदवार चिरञ्जिवि ओलीको सक्रियतामा परिचयपत्र गायब

नेपालगन्ज: नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा नेपालगन्जमा चुनावी सरगर्मी बढेकोछ । चिसो मौसमलाई चुनौती दिदै उम्मेद्वार निर्वाचनमा होमिएकाछन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन आगामी माघ ११ गते हुदैछ । चुनाव नजिकिँदै गर्दा चुनावी सरगर्मी चुलिएकै बेला नेपालगन्ज उद्योग वाणिज्य संघमा आईतबार तनावको स्थिति सृजना भएको छ ।

व्यवसायीहरु दुई समूह बनाएर चुनावी मैदानमा होम्मिएकै बेला आचारसंहिता विपरित समावेशी समूहका उम्मेदवार चिरञ्जिवि ओलीको सक्रियतामा मतदाता परिचयपत्र गायब गरेको घटनाले नयाँ रुप लिएको छ ।

संघको निर्वाचन मिति नजिकिदै गर्दा समावेशी प्यानलका उम्मेदवार स्वयमले उद्योगी व्यवसायीहरुको मतदाता परिचयपत्र आचारसंहिता विपरित एकमुष्ट बुझेर गायब गरेपछि तनाव सृजना भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचनमा पराजय हुने अवस्था आएपछि समावेशी प्यानलका अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले मतदाता परिचयपत्र गायब गरेका हुन् । चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवी ओली र चुन्नाका कामदार अमृत चौधरीले उद्योगी व्यापारिको मतादाता परिचयपत्र गायव बनाएको पुष्टि भएको छ ।

परिचयपत्र वितरणमा खटिएका नेपालगन्ज उद्योग वाणिज्य संघका कर्मचारीको मिलेमत्तोमा चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार ओलीको सक्रियतामा आचारसंहिता विपरीत एकमुष्ट मतदाता परिचयपत्र गायब गरेको हो । चुन्ना समुहबाट निर्वाचन आचारसंहिता विपरीत कार्य भएको संघका अध्यक्ष नन्दलाल बैश्यले पुष्टि समेत गरिसकेकाछन् । निर्वाचन आचारसंहिता विपरित भएको गतिविधि सह्य नहुने चेतावनी दिंदै उनले पुरानो परिचयपत्र रद्द गरेर नयाँ छाप्ने तयारी भइरहेको बताएकाछन् ।

निर्वाचन आचारसंहितामा परिचय पत्र लिन मतदाता स्वयम उपस्थित हुनुपर्ने उल्लेख छ । मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोरा, बुहारी, बाबु, आमाको मञ्जुरी नामा पेश गरि परिचयपत्र लिन सकिने स्पष्ट प्रावधान छ । तर, चुन्ना समूहका ओली र चौधरीले करिब तीन सय बढी मतदाताको परिचयपत्र आफै हस्ताक्षर गरेर लगेका छन् । चुन्ना समूहले मतदाता परिचयपत्र गायब गरेको घटना बाहिर आएपछि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले पत्रकार सम्मेलन गरि आचारसंहिता विपरित गरिएको कार्यको विरोध जनाएको छ ।

‘नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ ।’ निर्वाचन आचारसंहिता विपरित सयौं मतदाताका परिचयपत्र चुन्ना समूहले कब्जा गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले सोमवार आफ्नो सचिवालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वितरित विज्ञिप्तीमा चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृतसिंह चौधरीले परिचयपत्र गायव बनाएको बताइएकोछ ।

‘ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह चुनावी अभियान अन्तर्गत प्रचार–प्रसारमा व्यस्त रहेको अवस्थामा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ नेतृत्वको समूहले निर्वाचन आचारसंहिताविपरीत मतदाता परिचय–पत्र कब्जा गरेको छ । यस हर्कतलाई हामीले मतदाताको वैयक्तिक अधिकार हनन् तथा चुनावी वातावरणलाई असहज बनाउने कुत्सित नियतबाट उत्प्रेरित भएको रुपमा लिएका छौं । पत्रकार सम्मेलनमा बोल्दै सचिवालय संयोजक धु्रबप्रसाद दहालले बताए ।

‘हामी यस कार्यको घोर निन्दा गर्दछौं । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनसम्बन्धी नियमावली, २०७६ को परिच्छेद ६ को दफा १३ विविधको ‘ढ’ मा परिचय–पत्र लिन मतदाता स्वयम् उपस्थित हुनु पर्ने उल्लेख छ । मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोरा बुहारी, बाबु आमाको मन्जुरीनामा पेश गरि परिचय–पत्र लिन सकिने स्पष्ट उल्लेख हुँदाहुँदै पनि अध्यक्ष प्रत्याशी चुन्ना समूहका सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृत सिंह चौधरीले हस्ताक्षर गरेर सयौं परिचय–पत्र एकमुष्ट लिएर गएको कार्यबाट निर्वाचन निष्पक्ष हुने बिषयमा सशंकित बनाएको उम्मेदवार छनौट समितिका संयोजक गोपाल अधिकारीले बताए ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले संघको यसअघि वितरण गरिएका सम्पूर्ण मतदाता परिचय–पत्र रद्द गरी नयाँ परिचय–पत्र तयार गरी निर्वाचन नियमावलीमा व्यवस्था भएअनुरुप नै वितरण गर्नुपर्ने माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुनिल कुमार शर्मा, पूर्व महासचिव विष्णु लामिछाने लगायतले निर्वाचन आचारसंहिता विपरितका हर्कत पराजित मानसिक्ता भएको बताउँदै पुरानो परिचयपत्र रद्द गरेर नयाँ परिचयपत्र छपाई गरी तत्काल वितरण गरेर चुनावलाई शान्तिपूर्ण, भयरहित बनाउन आग्रह गरेकाछन् ।

यसैबीच, समाबेसी प्यानलले नियोजित रुपमा प्रचारित सामाग्रीको भ्रममा नपर्न सबैमा अपील गरेको छ । निर्वाचन परिचालन समितिका संयोजक इश्वर पोखरेलले आईतबार जारी गरेको बिज्ञप्तीमा प्यानल प्रति बढ्दै गएको उत्साह र समर्थनबाट अत्तालिएर नियोजित रुपमा प्रहार हुन थालेको बताइएकोछ । मतदाता परिचयपत्र गायब गरेको आरोप खेपिरहेका समावेशी समूहका सदस्य पदका उम्मेदवार ओलीसंग यस विषयमा बुझ्न खोज्दा आईतबार बेलुका सम्म सम्र्पक हुन सकेन ।