मेयर कपका निहुँमा चन्दा असुली


मेयर कपका निहुँमा चन्दा असुली

नेपालगन्ज : चन्दा ऐन, २०३० अनुसार संघीय सरकार वा प्रदेश सरकारको पूर्व स्वीकृति लिई सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन दिन बाहेक कुनै व्यक्ति वा सरकारी वा गैर सरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन ।

ऐनको उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ४ बमोजिम गठित प्रदेशस्तरीय समितिबाट खास गरी शैक्षिक, सामाजिक, संस्था तथा अन्य विकास कार्यको लागि यस ऐन अन्तर्गत बनेको नियममा तोकिए बमोजिम खर्च गर्ने गरी चन्दा उठाउन सकिनेछ ।

यस ऐन अन्तर्गतको मुद्दा संघीय सरकारबादी हुनेछ र सो मुद्दाको शुरु कारबाई र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुनेछ । दफा ३ को उपदफा (२) बमोजिम चन्दा उठाउन आवश्यक र उपयुक्त देखिएमा र प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी चन्दा संकलन समिति गठन गर्न सक्नेछ ।

उपदफा (१) बमोजिम गठित समितिमा रहने अध्यक्ष तथा सदस्यहरुको पदावधि तथा समितिको बैठक सम्बन्धी कार्यविधि उक्त समिति गठन गर्दा प्रकाशित सूचनामा तोकिए बमोजिम हुनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

तर, बाँकेको खजुरामा ‘मेयर कप रनिङ शिल्ड’का निहुँमा मापदण्ड नीति तथा मनपरी रूपमा चन्दा असुली भएको खुलेको छ । खजुरामा सामेबारदेखि शुरू भएको उक्त प्रतियोगिताका निहुँमा चन्दा असुली छ । उक्त प्रतियोगिता नामैमा पनि विवादीत देखिएको छ । पालिका तहमा हुने र गरिने यस्ता प्रतियोगिताका कसरी नगर तहका भए ? यो आयोजक र पालिकाप्रति नै प्रश्न चिन्ह खडा भएको छ ।

उक्त मेयर कपका लागि खजुरा गाउँपालिकाले पाँच लाख रूपैयाँ प्रदान गरेको छ । तर, पनि आयोजक टीमले प्रतियोगिताका नाममा मोटो रकम असुली थालेको खजुराबासी बताउँछन् । पूर्वखेलकुदमन्त्री दलजीत सिर्पालीले उद्घाटन गरेको उक्त प्रतियोगितामा आयोजकले यसरी मनोमानी चन्दा असुल्दा समेत गाउँपालिका उदासिन देखिएको छ ।

खजुरालाई खेलकुदको हब बनाउनँे नाममा स्थानीयबाट मोटो चन्दा असुली गर्नु सकारात्क नभएको स्थानीय बताउँछन् । चन्दा असुलीमा सक्रिय आयोजकको उक्त उद्घाटन कार्यक्रममा पुर्वमन्त्री सिर्पाली मात्रै नभई प्रदेश सांसद बाबुराम गौतम, आइपी खरेल, पालिका अध्यक्ष किस्मत कक्षपति, खजुराका शिक्षा विज्ञ भक्तबहादुर केसी लगायतको सहभागीता थियो ।

आयोजकले प्रतियोगिताकै नाममा चन्दा असुली गर्दा पनि यी सबै व्यक्तिहरू तै चुप मै चुपको अवस्था रहेका छन् । प्रतियोगिताको जिम्मेवारी लिएको विद्यालय अमर मावि व्यवस्थापन समितिका अध्यक्ष डम्बर विक ‘तुफान’ ले गाउँपालिकाले दिएको रकम अपुग देखिएकोले स्थानीयसँग चन्दा नभई सहयोग संकलन गरेको स्वीकार्यका छन् ।

उनले भने ‘गाउँपालिका शिक्षा समितिको आयोजनामा भएको दोस्रो अन्तर विद्यालय मेयर रनिङ शील्ड खेलकुद प्रतियोगिताका लागि गाउँपालिकाले दिएको रकम नपुग्ने भएकोले आफूहरूले सिमित व्यक्तिबाट सहयोग असुली गरेका हुँ । ‘माघ तीन गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ६५ विद्यालयको सहभागिता रहेको छ । यस बिषयमा गाउँपालिका अध्यक्ष कक्षपतिलाई बारम्बार टेलिफोन गर्दा उनी सम्पर्कमा आउँन चाहेनन् ।