File Photo
नेपालगन्ज: नेपालको सुरक्षालाई चुनौती दिदैं भारतीय प्रहरी कर्णाली पुगेकोछ । नेपालका २ जिल्ला पार गरेर भारतीय प्रहरीको झुण्ड बुधबार कर्णाली पुगेकोहो ।
बुधबार अपरान्ह नेपाल–भारत सीमाना जमुनहाबाट नेपाल प्रबेश गरेका २ महिला ७ पुरुष सहित ९ जना भारतीय प्रहरी कर्णाली पुगेको तथ्य बाहिरीएकोछ । प्रदेश नम्बर ५, ६ र ७ को संगम स्थलको रुपमा रहेको कर्णाली पुलबाट उनीहरुलाई त्यहाँ स्थित नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिरीएको हो ।
नेपालमा आउने समुहगत वा अन्य भारतीय सुरक्षा निकायका ब्यक्ती वा बिशिष्ट ब्यक्तीहरुले नेपाल प्रबेशका लागि आवश्यक सूचना तथा जानकारी अनिबार्यरुपमा गराउनुपर्नेमा त्यसो नगरेको समेत खुलेकोछ ।
कर्णाली पारि चिसापानी बजारमा समूहगत रुपमा रहेका ९ जना भारतीय प्रहरीलाई त्यहाँस्थित नेपाल प्रहरीले फेला पारि सोधपुछ गर्दा उनीहरुले नेपालका सुरक्षाकर्मीलाई बिनाजानकारी कर्णालीमा पुगेका हुन् ।
कर्णाली पुगेका ९ जना भारतीय प्रहरीले कर्णाली पुग्नुको उद्देश्य नबताएपछि कैलाली प्रहरीले प्ररारम्भीक जानकारी लिएर बर्दिया प्रहरी मार्फत बाँके प्रहरीलाई बुझाएको थियो ।
भारतीय नागरिकको सुरक्षा तथा उद्देश्य समेत थाह नपाएर नेपालमा हुने जुनसुकै क्षती कम गर्न नेपालले बैदेशिक आगमनको लागि अतिथि देवः भव मुलमन्त्र अंगिकार गरेपनि बेला बखत त्यसको भारतले दुरुपयोग गर्दै आएकोछ । बुधबार भारतीय प्रहरीकोे उक्त टोली बिना जानकारी चिसापानी पुगेको घटनाबाट पुष्ट्याई हुन्छ ।
भारतीय प्रहरी समूहगतरुपमा नेपाल प्रवेश गरेपनि हतियार बिहिन रहेको र नेपाल घुम्ने प्रयोजनका लागि आएको पाइएकोले आवश्यक सूचना सहित उनीहरुलाई सकुशल भारतीय प्रहरीको जिम्मा लगाइएको छ । तर, भारतीय प्रहरीको टोली नेपालगन्ज हुदै कर्णालीसम्म पुग्दा नेपालका सुरक्षाकर्मीले थाह नपाउनु भने नेपालको सुरक्षामा कमजोरि रहेको प्रष्ट हुन्छ ।
भारतीय प्रहरी यसरी पुगे कर्णाली
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालको सीमा क्षेत्र नजिकै रहेको बहराइचको नानपारा नजिक मोतीपुरमा बुधबार एक कार्यक्रममा आएका थिए ।
सोही कार्यक्रम स्थलको सुरक्षाका लागि भारतका बिभिन्न ठाउँबाट परिचालित भारतीय सुरक्षाकर्मीहरु नेपाल नजिक आएको समयमा नेपाल घुम्न जाने उद्देश्यले नेपाल प्रबेश गरेको उक्त भारतीय प्रहरीले नेपाल प्रहरी समक्ष जानकारी दिएको बुझिएकोछ ।
मोतीपुरमा कार्यक्रम सकिएपछी नेपालको जमुनहा हुदै नेपालगन्ज स्थित बागेश्वरीमाताको दर्शन गर्न आएको भारतीय प्रहरीको टोलीले नेपाली सुरक्षाकर्मीलाई बिना जानकारी नेपालगन्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज हुदै बर्दिया र कैलालीको सीमानामा पर्ने कर्णाली पुगेका थिए ।
बाँके प्रहरीले ती भारतीय प्रहरीहरुले नेपाल–भारत जमुनहामा गाडी तथा आफ्नो इन्ट्री गरेको बताएकोछ । उनीहरु बागेश्वरी मन्दिरको दर्शन गर्ने भन्दै नेपाल प्रवेश गरेको र सोही अवसरमा हाम्रो टोली नेपालगन्ज जानलाग्दा उनीहरुलाई बागेश्वरी मन्दिरसम्म पु¥याएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख माधव रिजालले बताए ।
नेपाल प्रवेश गर्दा उनीहरुको चेकजाँच गरिएको थियो । उनीहरुसंग कुनै हतियार थिएन । सवै भारतीय प्रहरीका जवान हुन् । ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख रिजालले बताए ।
बागेश्वरी मन्दिर दर्शनपश्चात नेपालगन्ज बजारमा सामन्य किनमेल गर्न लागेका ती भारतीय प्रहरीलाई त्यही छाडेर जमुनहाबाट सहयोगको लागि खटिएको प्रहरी जमुनहा फर्केको र लगत्तै उक्त भारतीय प्रहरी टोली कोहलपुर, बाँसगढी, भुरिगाउँ इलाका प्रहरी कार्यालय क्षेत्र पार गरि बर्दिया राष्ट्रिय निकुञ्ज हुदै कर्णाली पुगेको थियो ।
बुधबार सूचनाको अभावमा भारतीय प्रहरीको ९ जनाको टोली कर्णाली पुगेकोमा बुधबार साँझ करिब ७ बजे सबै प्रक्रिया पु¥याएर नेपाल–भारत जमुनहाबाटै ती भारतीय प्रहरी फिर्ता गरिएको ईलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख रिजालले सेतोखरीलाई बताए ।