कहिले सकिन्छ प्रहरी अनुसन्धान ?


कहिले सकिन्छ प्रहरी अनुसन्धान ?

नेपालगन्ज: हरेक घटनाको प्रश्नमा प्रहरीको एउटा मात्रै जवाफ हुन्छ ‘अनुसन्धान’ चलिरहेको छ । बाँकेमा वषौं पहिलेका घटनामा पनि अनुसन्धान अझै चलिरहेको प्रहरीको उत्तर हुने गरेको छ । कहिले सकिन्छ अनुसन्धान ? यसको प्रहरी उच्च अधिकारीलाई अनुमान समेत छैन् । प्रहरीको फितलो अनुसन्धान र ढिलाई प्रवृत्तिले सयौं पीडितले समयमै न्याय पाउन सकेका छैनन् ।

बाँकेमा यसअघि एक महिनामा आठवटा बलात्कारका घटना भएका थिए । सबै घटनाका दोषी भनिएका व्यक्तिलाई बाँके प्रहरीले मातहतका प्रहरी इकाईको सहयोगमा पक्राउ गरेको थियो । बाँकेका बलात्कार र हिंसाका घटना बढ्दै गएका छन् । बलात्कारी पत्ता लाग्ने र दोषीले सजाय पाउने कुरो त परै जाओस् बलात्कार बढ्नुको खास कारण समेत अझै प्रहरीले पक्ता लाउन सकेको छैन् ।

पक्राउ परेका व्यक्तिमाथि के कानूनी कारवाही भयो ? वा के भइरहेको छ ? बुभ्mदा प्रहरीको एउटै रेडिमेट जवाफ आउँछ ‘अनुसन्धान’ जारी छ । वषौंअघिका यस्ता घटनामा कहिले सकिन्छ अनुसन्धान । अनि कहिले पीडितले न्याय पाउँछन् ? यो गम्भीर बिषय बन्दै गएको छ । एउटा घटनाको अनुसन्धानमा प्रहरीलाई लाग्ने समय कति हो ? यसको कुनै लेखाजोखा देखिदैन् ।

अनुसन्धान सकियो, कारण यस्तो रहेछ, पक्राउ परेको व्यक्ति दोषी हो वा होईन प्रहरीले अधिकांश घटनामा नागरिक र पीडित परिवारलाई समेत जानकारी दिन सकेको छैन् । बलात्कारीलाई ठाउँको ठाउँ कारबाही हुन नसक्ने स्थिति पैदा हुँदा प्रहरी अनुसन्धान फितलो हुँदै गएको एक प्रहरी उच्च अधिकारी नै बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

दोषीमाथी कारबाही त परै जाओस् प्रक्रिया पनि अघि बढेको देखिदैन् । वर्षअघिका घटनामा अहिले पनि अनुसन्धान चलिरहेको प्रहरी बताउँछ ।
प्रहरीकाअनुसार कोहलपुर, नेपालगन्ज र भवानीयापुरमा करिब ६ महिनाअघि भएका बलात्कारका घटना अहिले पनि अनुसन्धानमै छन् । कहिले सकिन्छ त अनुसन्धान ? पीडित व्यक्तिका आफन्तहरू यतिबेला प्रश्न गरिरहेका छन् ।

बलात्कार र हत्या जस्ता जटिल प्रकृतिका घटना भएकाले अनुसन्धानमा समय लाग्ने गरेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । उनकाअनुसार अनुसनधानको रिर्पोट आएपछि ढिलोचाँडो दोषीमाथी कारबाही हुन्छ । तर, पीडितले न्याय पाउँन कति कुर्नुपर्ने हो यसको जवाफ भने एसपी ओलीसँग छैन् ।

मुद्दा दर्ता हुने तर, मुद्दाको प्रभावकारी अनुसन्धान नहुदाँ पीडितले न्याय पाउनेमा अन्यौलता बढेर गएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पाँच वर्षिय अपराध तालिकाले पनि विगतका वर्षभन्दा चालु आर्थिक वर्षमा अपराधिक गतिविधि बढेको देखाएको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म ५ सय ६४ मुद्दा दर्ता भएको बाँके प्रहरीको तथ्यांकले देखाएपनि यो ६ महिनाको अवधिमा ६ सय २३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्दा फच्र्र्याैट भएको र बाँकी ५४ वटा मुद्दा अनुसन्धानको क्रममा बाँकी रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओली बताउँछन् । उनले यस अवधिमा विभिन्न मुद्दामा ८ सय ६ जनालाई पक्राउ गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पञ्च वर्षिय अपराध तालिका अनुसार पछिल्लो छ महिना यता बाँकेमा ३९ वटा बलात्कारका घटना भएकाछन् । जसमा जबरजस्ती करणीको मुद्दा २७, वैवाहिक करणी २, जबरजस्ती करणी उजुरी ७ र जबरजस्ती करणी गरि अपहरणका ३ वटा मुद्दा दर्ता भएकाछन् ।

यी त प्रहरी समक्ष आएका तथ्यांक हुन् । बलात्कार जस्तो गम्भीर विषय दिनहुँ जसो घटिरहेका हुन्छन् । समाज, सँस्कृति, लाज, मानप्रतिष्ठाका कारण कतिपय बलात्कारका घटना दबाइन्छ भने कतिपयले झन्झटिलो उजुरी प्रकृया र प्रहरीले गर्ने व्यवहारका कारण प्रहरी समक्ष ल्याउन नचाहेको बलात्कार पीडितको भनाईछ ।

यद्यपी बलात्कार जस्तो गम्भीर विषयमा प्रभावकारी अनुसन्धान र दोषी उपर कानूनी कारबाहीको प्रकृया चलाउनुका साटो प्रहरीले अनुसन्धन भइरहेको जवाफ दिदाँ न्यायको पर्खाइमा रहेका पीडित झन पीडित हुनेगरेकाछन् ।