नगरस्तरीय रनिङ शिल्ड शुरु


नगरस्तरीय रनिङ शिल्ड शुरु

नेपालगन्ज : कोहलपुर नगर स्तरीय दोस्रो अन्तर माबि मेयर कप रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । कोहलपुरको चप्परगौडी स्थित ज्ञान ज्योति माध्यमिक बिद्यालयको खेलमैदानमा भएको मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन पाँच नम्वर प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले गरेका छन ।


कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई बिशेष महत्व दिएको बताए । प्रतियोगितामा छात्र तर्फ एकसय मिटर, चार सय मिटर, तीनहजार मिटर, ४८१०० मिटर रिले दौड , लङ्जम्प , सटपट तथा भलिवल खेलहरु समावेश गरिएको मेयर कप रनिङ शिल्ड संचालन एवं ब्यबस्थापन समितिका संयोजक नारायणी वलीले बताईन् ।

Kanti Aarogya Hospital Nepalgunj


उनकाअनुसार छात्रा तर्फ १०० मीटर, ४०० मीटर, ३०००मीटर र ४८१०० मीटर रिले दौड , लङजम्प , सटपट र भलिवल खेलहरु समाावेश गरिएको छ । अन्तर माबि मेयर कप रनिङ् शिल्ड खेदकुद संचालन गर्न कोहलपुर नगर पालिकाका प्रमुख लुटबहादुर रावतको संयोजकत्वमा मुल आयोजक समिति तथा कोहलपुर नगर सामाजिक बिकास समितिका संयोजक नारायणी वलीको संयोजकत्वमा खेलकुद संचालन तथा ब्यबस्थापन समिति गठन गरिएको छ ।


कोहलपुरस्थित सामुदायीक तथा संस्थागत गरी जम्मा ३५ वटा माध्यमिक बिद्यालयहरू मध्य ३४ वटा बिद्यालयहरुले प्रतियोगितामा भाग लिएको संचालन तथा ब्यवस्थापन समितिका सदस्य हेमकुमार रावतले जानकारी दिए । प्रतियोगितामा भलिवल खेल अन्तर्गत छात्र भलिवलमा २४ तथा छात्र भलिवलमा १९ वटा बिद्यालय सहभागी छन ।