नेपालगन्ज: बाँकेको खजुरास्थित अमर मावि गौतम बस्तीको खेलमैदानमा जारि दोस्रो मेयर रनिङ शील्ड खेलकूद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मावितर्फ ज्ञानोदयन नमूना माविले पुनः शील्ड उचालेको छ । भने अरुणोदय मावि द्वितीय र दीपक बोर्डिङ स्कूल तृतीय भएका छन् ।
आधारभूत (६–८) तर्फ मनकामना आधारभूत विद्यालय बलभ्रदपुर प्रथम, ज्ञानोदय मावि द्वितीय र जनसेवा मावि तृतीय भएका छन् ।
अभारभूततर्फ जनता मावि बठवा प्रथम, मर्निङ स्टार एकेडेमी द्वितीय र अरुणोदय तृतीय भएका छन् ।
आधारभूत (१–५) तर्फ लङजम्प छात्र छात्रा, १०० मिटर दौड, कुर्ची दौड, रिले मिक्स, चम्चा मिक्स, मार्चपासमा प्रतिस्पर्धा गराइएको थियो ।
त्यस्तै आधारभूततहमा एथलेटिक्स, कबड्डी, मार्चपास, अनुशासन एथलेटिक्स स्कूलमा प्रतिस्पर्धा गराइएको दोस्रो मेयर रनिङ शील्ड खेलकुद प्रतियोगिता संयोजक यमनारामण महतोले जानकारी दिए ।
मावितर्फ भलिबल, एथलेटिक्स, कबड्डी, मार्चपास, अनुशासनमा माविबीच प्रतिस्पर्धा गराइएको थियो । गत पुस २८ गते उद्घाटन भएको प्रतियोगिता ३ गते समपान हुने भए पनि वर्षाका कारण २ दिन स्थगित गर्नु परेको थियो ।
सोमबार भएको समापन कार्यक्रममा विजेता विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, शिक्षा शाखा प्रमुख टिकाराम गोसाई, शिक्षा विज्ञ भक्तबहादुर केसी, वडाध्यक्ष देविलाल खनाल, कान्तुराम गौतमलगायतले शील्ड, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
त्यसैगरी प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने मा.वि.तर्फ क्रमशः २० हजार, १० हजार र ७ हजार, आधारभूत तर्फ १० हजार, ७ हजार ५ हजार नगद पुरस्कार प्रदान गरियो ।
यसैगरी आधारभूत (१–५) मा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुका साथै विद्यागत र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएकोछ ।