क्रिकेटका लागि जग्गा खोज्दै उपमहानगरपालिका


क्रिकेटका लागि जग्गा खोज्दै उपमहानगरपालिका

नेपालगन्ज: नेपालगन्जमा क्रिकेट मैदान निर्माणका लागि उपमहानगरपालिका टोली भवनीयापुर पुगेकोछ । क्रिकेट मैदान निर्माणका लागि सो टोली जग्गा खोज्दै भवनीयपुर पुगेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष एवं क्यानका पूर्व केन्द्रीय सदस्य सुनिलसिंह हमालको संयोजकत्वमा गठित टोलीले वडा नम्बर १४ भवानीयापुरमा रहेको सार्वजनिक जग्गाको स्थलगत अनूगमन गरि जानकारी लिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

वडा नम्बर १४ का वडाअध्यक्ष ओमकारनाथ मिश्राले क्रिकेट मैदानका लागि ६ विघा बढि सार्वजनिक जमिन देखाएका थिए । उनले सो स्थानमा मैदान निर्माणका लागि वडाबासीको साथ र सहयोग रहने बताए ।

संयोजक हमाल, वडा नम्बर १३ का अध्यक्ष विरेन्द्र शाह, क्रिकेट प्रशिक्षक दिपेन्द्रप्रताप सिंह, दुर्गा थापा सहितको प्राविधिक टोलीले सार्वजनिक जग्गा बारे स्थलगत जानकारी लिएको हो । टोलीले वडा नम्बर १९ र वडा नम्बर ६ फुल्टेक्राको सार्वजनिक जग्गाको पनि स्थलगत अनूगमन गरि जानकारी लिनेछ ।