अन्तर विद्यालय स्तरीय प्रतियोगिता शुरु


अन्तर विद्यालय स्तरीय प्रतियोगिता शुरु

नरैनापुर(बाँके):बाँकेको नरैनापुर गाउँपालिकाकामा शुक्रबारदेखि अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुरु भएको छ ।
वडा नम्बर ४ खोदवामा सुरु भएको प्रतियोगिताको बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले उद्घाटन गरे ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगितामा नरैनापुरका सामुदायिक स्कुल र मदरसाले भाग लिएको शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले बताए ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै सांसद् अथकले नरैनापुरलाई मूलप्रवाहमा ल्याउन अधिकतम् प्रयास भइरहेको बताए । उनले नरैनापुर विकास पथमा लम्कँदै गएको बताउँदै यही आर्थिक वर्षभित्र बिजुली बल्ने जानकारी दिए ।

हुलाकी सडकको काम पनि यसै वर्षभित्र सकिने बताउँदै अथकले घोरदौरियादेखि अगैयासम्मको सडक पनि कालोपत्रे हुने जानकारी दिए । गाउँपालिकाका अध्यक्ष शाहले पढाई संगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अग्रसर गराउन प्रतियोगिता गरिएको बताए । शैक्षिक अवस्था सुधारको लागि गाउँपालिकाले अथेष्ट प्रयास गरिरहेको उनले उद्घाटनमा बताएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले यस्ता क्रियाकलापले विद्यार्थीहरुको क्षमता विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपाका नेता अतहर हुसेन फारुकी, वडा नम्बर ३ का अध्यक्ष राज कुमार मौर्य, जमुनी प्राविका प्रधानाध्यापक अमरलाल यादव, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मान बहादुर बिसी लगायतले शुभकामना राखेका थिए ।