सांसद राई सहभागि कार्यक्रम बहिस्कार


सांसद राई सहभागि कार्यक्रम बहिस्कार

नेपालगन्ज :बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका वडाध्यक्षहरूले पुर्वमन्त्री मोहम्मद ईस्त्यिाक राई सहभागी एक कार्यक्रमको उद्घाटन शत्र बहिष्कार गरेका छन् ।

नेपालगन्जमा शुक्रबारदेखि शुरू भएको अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रम वडाध्यक्षहरूले बहिरष्कार गरेका हुन् ।
उपमहानगरपालिका र वडा कार्यालयहरुको सहयोग रहेको प्रतियोगितामा वडाध्यक्षहरुसँग समन्वय र सहकार्य नगरेर आयोजकले आफूखशी प्रतिनिधि सभा सांसद तथा पुर्वमन्त्री राईलाई उद्घाटनमा बोलाएको भन्दै वडाध्यक्षहरूले उक्त कार्यक्रमका उद्घाटन शत्र बहिष्कार गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

पूर्वमन्त्री प्रतियोगिता उद्घाटनका लागि स्टेजमा पुगेलगत्तै सबै वडाध्यक्षहरु एमपी स्कुलको मैदानबाट बाहिरिएका थिए । उनीहरुले क्रिकेट प्रतियोगिताको उद्घाटन शत्र बहिष्कार गरेको बताएका थिए ।

नेपालगन्ज मेयर–उपमेयर र वडाध्यक्षहरुसँग प्रतियोगिता बारेमा कुनै रायसल्लाह नलिई आफ्नै मनमानी तरिकाले प्रतियोगिता उद्घाटन गरिएको हुँदा उद्घाटन कार्यक्रम बहिष्कार गर्नुपरेको वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्रबहादुर शाह बताउँछन् । तर, उद्घाटन पछिका सबै खेल र कार्यक्रमहरुलाई वडाध्यक्षहरूले सहयोग गर्ने शाह बताउँछन् ।