मतदान सकियो, मतगणना भोली


मतदान सकियो, मतगणना भोली

नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालका लागि शनिबार भएको निर्वाचनमा उत्सापूर्वक मतदान भएको छ ।
नेपालगन्ज भेरी प्राविधि शिक्षालयमा नयाँ नेतृत्वका लागि भएको मतदानमा २७ सय ९० मत खसेको सहायक निर्वाचन अधिकृत विश्वजित तिवारीले जानकारी दिए ।

तिवारीका कुल मतदाता ३ हजार ५० मध्ये २७ सय ९० मत खस्दा जम्मा ९१ दशमलव ४७ प्रतिशत मत खसेको बताए । उद्योग वाणिज्य संघको निर्वाचनका लागि शनिबार विहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म मतदान भएको थियो । तिवारीले सेतोखरीसंग कुरा गर्दै भने शनिबार भएको मतदानको आईतबार मतगणा गरिनेछ । विहान ९ बजे भेरी प्राविधि शिक्षालयमा मतगणा हुनेछ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले निर्वाचनमा उत्सापूर्ण मत खसेको भन्दै खुसी ब्यक्त गरे । उनले भने–संघको निर्वाचनमा अहिलेसम्म यति धेरै मत खसेको थिएन । यो राम्रो कुरा हो ।’ संघका अध्यक्ष बैश्यका अनुसार उद्योगी व्यापारीको निर्वाचन भव्य र सभ्य बनाउन कुनै कसर बाँकी राखेका थिएनौं फलस्वरुप अहिलेसम्मकै भव्य, सभ्य र शान्तिपूर्णरुपमा मतदान भएको छ सवैलाई धन्यबाद दिन चाहान्छु ।

अध्यक्ष वैश्यले भने–‘निर्वाचनमा कोही पनि नछुटुउन भन्ने उद्देश्यका साथ तयारी गरेका थियौं । परिचयपत्र लिन बाँकी उद्योगी, व्यापारिको हितलाई मध्यनजर गर्दै शनिबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदाता परिचयपत्र प्रदान गरेका थिएका थिायौं । निर्वाचन हो हारजित भइहाल्छ तर, उद्योग वाणिज्य संघले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

उद्योग वाणिज्य संघले निर्वाचनका लागि टिकाजंग सिंहको नेतृत्वमा ६० सदस्यीय मुल निर्वाचन समिति गठन गरेको थियो । भने भेरी प्राविधिक शिक्षालयमा १२ वटा बुथबाट मतदान भएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि व्यावसायिका दुई समुहले प्यानलगत उम्मेदवारी दर्ता गराइ चुनावी मैदानमा उत्रेका थिए ।

ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्रविक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहेका छन् ।

उक्त समूहको सदस्य पदका उम्मेदवारमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरूदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदारको उम्मेदवारी थियो ।

यस्तै, अव्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्व समाबेशी समूहबाट उपाध्यक्ष वाणिज्य तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष उद्योग तर्फ आदेश अग्रवाल तथा सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बाँनिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाटको उम्मेदवारी थियो ।

संघको निर्वाचनका लागि मतदान सकिएपनि उद्योगी व्यवसायीको धैर्यता भने अझै सकिएको छैन । संघको निर्वाचनबाट आगामी नेतृत्व चयन हुने भएकाले पनि अन्तिम मतपरिणामको बाँकेबासीले उच्च धैर्यताका साथ प्रतिक्षामा रहेकाछन् ।

आईतबार हुने मतगणाले औपचारिकरुपमा नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्व तय गर्नेछ । चुनावका दौरान दुवै प्यानलले गरेको प्रचारप्रसार र उम्मेदवार रिझाउने कार्यको नतिजा थाहा पाउन आईतबार मन्ध्यान्हसम्म कुर्नै पर्छ ।