दोस्रो बैजनाथ गाँउपालिका स्तरीय खेलकुद प्रतियोगिता शुरु


दोस्रो बैजनाथ गाँउपालिका स्तरीय खेलकुद प्रतियोगिता शुरु

बैजनाथ (बाँके): बाँकेको बैजनाथ गाउँपालिकामा बुधवारदेखि गाँउपालिकास्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । गाँउपलिकाका अध्यक्ष मानबहादुर रुचालले उदटन गरेसँगै दोस्रो बैजनाथ गाउपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको हो ।

नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय ओरीलालपुरको आयोजना तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रतियोगितमा गाँउपालिकामा रहेका विद्यालयस्तरका बालबालिकाहरुले विभिन्न विधामा प्रतिस्प्रधा गर्नेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

बैजनाथ गाँउपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत गरी ४४ विद्यालयका छात्रछात्राहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

आगामी शनिवारसम्म सञ्चालन हुने प्रतियोगितामा मावि तथा आधारभुत तहका विद्यार्थीहरुबिच एक सय मीटर, दुई सय मिटर, तीन सय मीटर, चार सय मीटर, आठ सय मीटर र १५ सय मीटर दौडका साथै ज्याभलिन थ्रो, लङजम्प, हाईजम्प, सटफुट, भलिबल, एथ्लेक्टिसलगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछ ।