चाचाजीको अन्त्येष्टि आज


चाचाजीको अन्त्येष्टि आज

चाचाजीको अन्तिम श्रद्धाञ्जलीका लागि तयारी गरिदै । तस्विरः विजय/ सेतोखरी

नेपालगन्ज:वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचा’ को बाँकेको राप्ती स्थित सिधनिया घाटमा आज अन्त्येष्टि गरिदैंछ ।

चाचाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपालगन्जको रानी तलाउस्थित पुरानो घरमा राखिएको छ । आज केहीबेरमा अन्तिम श्रद्धाञ्जली गरिनेछ । त्यसपछि चाचाको पार्थिव शरीरलाई त्रिभुवन चोक हुदै नगरपरिक्रर्मा गरि बाँकेको डुडुवा गाँउपालिका कम्दी स्थित राप्ती नदिको सिधनिया घाटमा हिन्दु परम्पराअुसार दाहसंस्कार गरिने उनका पुत्र विजय गुप्ताले जानकारी दिए ।

यतिवेला चाचाजीको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जलीका लागि जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, विभिन्न संघसस्था, उद्योगी, व्यापारि, विभिन्न राजनितिक दलका प्रमुख, नेता, कार्यकता, अधिकारकर्मी, नागरिक समाज तथा स्थानीयबासी आउनेक्रम जारीछ ।
चाचाजीको ९१ वर्षको उमेरमा बुधबार निधन भएको हो । उनको बिहीबार अन्त्यष्टी गर्ने यसअघि तय गरिएपनि पञ्चक परेकाले शुक्रबार अन्तेष्टी गर्न लागिएको परिवारले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बुधबार बेलुका साढे ९ बजेतिर उनको निधन भएको हो । परिवारका अनुसार गुप्ता अचेत भएपछि अस्पताल पु¥याए लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गुप्ताका पुत्र विजय गुप्ताका अनुसार कमजोर शरीरका कारण हिड्न नसक्ने भएपछि उनी विगत तीन वर्षयता घरमै आराम गरिरहेका थिए ।

कमजोर स्वास्थ्य अवस्थाले गर्दा उनी विभिन्न समस्याबाट पीडित थिए । छोरा विजयका अनुसार विगत एक महिनादेखी प्रेस स्वतन्त्रता सेनानी गुप्ताको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको थियो । नेपालगन्ज न्यूरोडस्थित छोरा विजयकै घरमा बस्दै आएका गुप्तालाई बुधबार बेलुकी नियमित औषधी खुवाउँदै गरेको अवस्थामा एक्कासी वान्ता आएर अचेत भएका थिए । गुप्ताको पार्थिव शरीरलाई नेपालगन्जको रानी तलाउस्थित पुरानो घरमा राखिएको छ ।

उनका श्रीमती, चार छोरा र एक छोरी रहेका छन् । वि.सं. १९८५ सालमा जन्मिएका गुप्ता स्थानीय ‘किरण साप्ताहिक’का सम्पादक थिए ।
चाचाको निधनमा नेपाल पत्रकार महासंघ प्रदेश पाँच समिति, नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस युनियन बाँके, प्रेस संगठन बाँके, अवधि पत्रकार संघ नेपाल, ठकुरी पत्रकार समाज नेपाल लगायत सञ्चार आबद्ध संघसंगठनले शोक बक्तब्य जारी गर्दै चाचाजीको निधनसंगै बाँकेले पत्रकारिता क्षेत्रका अग्रणी अभिभावक गुमाएको भन्दै शोक व्यक्त गरेकाछन् ।

यसैबीच चाचाजीको दाहसंस्कार अघि नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस युनियन बाँकेले चाचाजीको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली गर्ने जनाएको छ ।