चाचाजीको जीवनी


चाचाजीको जीवनी

नेपालगन्ज: पन्नालाल गुप्ता विक्रम सम्वत सन् १९८६ सालमा नेपालगन्जमा जन्मिएका हुन् । पिता वेचनलाल र माता यशोदाको कोखबाट जन्मिएका गुप्ता सानैदेखि चिन्तनशिल थिए । जब गुप्ता थाहा पाउने भए देश र नेपाली जनतालाई कसरी राणा शासनको थिचोमिचोबाट शोषण, दमनबाट मुक्त गराउन सकिन्छ भनेर सोँचिरहन्थे ।

पढाईमा त्यतिकै रुची राख्ने गुप्ताले नेपालगन्जमा पढ्नका लागि कुनै पनि विद्यालय नभएकाले पढन पाएनन् । विक्रम सम्वत १९९३ सालमा नेपालगन्जमा जुद्ध शमशेरको सवारी भएपछि संस्कृत विद्यालयको स्थापना भयो । तर, त्यस विद्यालयमा वाहुनका छोराछोरी बाहेक अरुले पढ्न पाएनन् ।

अन्य जातिका मान्छे पढ्ने विद्यालय नभएपछि नेपालगन्जका मंगल प्रसाद शास्त्रीले निजी विद्यालय खोले । ‘उमेर धेरै भइसकेको थियो तर, विद्यालय नभएकाले कहिं पनि पढ्न पाइएको थिएन । सबैको पिडालाई बुझेर शास्त्रीजीले निजी विद्यालय खोलेपछि त्यसैबाट ८ कक्षा पास गरेका थिए गुप्ताले ।

कक्षा पास गरिसकेपछि फेरी गुप्ताले पढ्नका लागि विद्यालय पाएनन् । त्यसै समयमा नारायण विद्यालय खुल्यो, अनि त्यसमै भर्ना भए गुप्ता पनि । ‘एक घण्टा मात्रै पढाई हुन्थ्यो ट्यूशन जस्तै, जसरी तसरी पढ्नै पर्ने बाध्यता थियो । हाइस्कूल पास नारायण विद्यालयबाट गरेका हुन् उनले । वि. सं. २००० मा बुबा वेचनलालको मृत्यु भएपछि पढ्नमा अति रुची राख्ने गुप्ताको पढाईमा केही ठेस् लाग्यो ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीय नारायण विद्यालयमै पढाई हुने हिन्दी विश्व विद्यालय प्रयागबाट विसारत पास हुदैँ गुप्ताले हिन्दी भाषाको साहित्य रत्नमा डिग्री पास गरेका थिए । त्यसपछि गुप्ताले स्थानीय टण्डन राईस मिलमा लेखापढीको जागिर खाए त्यसपछि पञ्चायत विरोधी गतिविधीमा सक्रिय भए । गुप्ताले २००३ सालदेखि २००७ सालसम्म दिउँसो जागिर गर्ने र रातभरी तत्कालिन राज्य विरोधी पर्चा पम्पलेट फाल्ने काम गरेका थिए ।

दाजु महाविर पनि आन्दोलनमा सक्रिए भएकाले पञ्चायती व्यवस्थाको विरोध गर्दै गुप्ता पनि प्रजातान्त्रिक आन्दोलनमा कडा रुपमा उत्रिए । त्यसपछि गुप्ताले वि.सं. २०११ सालमा दाजु महाविरले हिन्दी भाषामा नयाँ सन्देश मासिक पत्रिका प्रकाशित गरेपछि त्यसमै पञ्चायत विरोधी लेखहरु आफुले लेख्न शुरु गरेका थिए । प्रशासनले रोक लगाएकाले सो पत्रिका लखनऊबाट प्रकाशित हुन्थ्यो ।

‘नयाँ सन्देश देखि पत्रकारिता यात्रा शुरु गरेका गुप्ता झन्–झन् सक्रिय रुपमा पत्रकारिता गर्न थाले । राईस मिलमा म्यानेजर पनि भईसकेको थिए । दिउँसो काम गर्ने र रातभरी पत्रिकामा समाचार, लेखहरु लेख्ने काम गर्थे । वि.सं. २०१८ सालमा हिन्दी र नेपाली भाषामा अनुराधा मासिक पत्रिका प्रकाशित भएपछि त्यसमा पनि गुप्ताले काम गरे । वि.सं. २०३१ सालमा आफ्नै दाजु महाविरले नेपालगन्जबाट नेपाली भाषाको किरण साप्ताहिक पत्रिका प्रकाशित गरेपछि त्यसमै गुप्ताले सहायक सम्पादक भएर काम गर्न थाले ।

पत्रकारिताका दौरानमा निकै आरोह–अवरोह पार गरिसकेका अहिले ९२ वर्षिय गुप्ताले २०३३ साल देखि प्रजातन्त्रका पक्षमा र पञ्चायतका विरुद्ध आक्रामक तरिकाले लेख्न थालेको यसअघि बताएका थिए । ‘शासकलाई जनताका सामु उभ्याउनु पर्छ’ भन्ने बर्दिया मैनापोखरबाट आएको पाठक पत्र प्रकाशित गरेपछि २०३५ सालमा तत्कालिन प्रशासनले उनलाई पक्राउ गरेको थियो ।

‘पञ्चायत विरोधी पत्रिका प्रकाशित गरेको भन्दै प्रशासनले पक्राउ ग¥यो, राजद्रोहको मुद्दा लगायो । नेपालगन्जबाट काठमाडौं पठायो । सूचना मन्त्रालयमा हाजिर गरायो ।–केही वर्षअघि गुप्ताले पत्रकारिताको अनुभव सुनाउंदै भनेका थिए–मैले पाठकको विचारलाई छापेको हुँ, अरु त केही गरेको छैन भनेर बयान दिए । तीन पटक तारेख लगाएर मलाई एक पटकलाई चेतावनी भन्दै छाड्यो ।

विस २०३६ सालमा ऋषीकेश शाहको लेख छापेको भन्दै उनलाई प्रशासनले फेरी समात्यो । शाहले पञ्चायत विरोधी लेख लेखेका थिए । गुप्ताले पहिले र अहिलेका नेताको ईमान्दारितालाई तुलना गर्दै त्यतिबेला भनेका थिए –कुनै राजनेताले आफुले भनेको कुरा स्वीकारेको मैले देखेको छैन ।
बोल्ने बेला मिडियामा बोल्छन् अप्ठ्यारो परेपछि मैले यस्तो भनेकै होईन भन्छन्, तर, ऋषीकेश शाह यस्तो मान्छे थिए मैले जे भनेको हुँ पत्रिकाले त्यही छापेको हो, जे गर्नु छ मलाई गर्नुस् उहाँलाई केही नगर्नुस् भनेपछि प्रशासनले मलाई छोडिदियो । कुरा २०३७ सालको हो । त्यस समयमा गुप्ताले किरण साप्ताहिक पत्रिका एक–एक अक्षर जोडेर छाप्ने गर्दथे । अक्षर जोड्ने क्रममा एउटा अक्षर फुत्कीएपछि गुप्ताले
नराम्रैसँग पीडा खेप्नु प¥यो । राष्ट्र पुकार पत्रिकामा छापिएको लेख साभार गरेर आफ्नो किरण साप्ताहिकमा छाप्दा गुप्ताले फेरी जेल सजाय भोग्नु प¥यो ।

‘त्यतिखेर यस्तो आधुनिक अपसेट प्रेस थिएनन् । अक्षर जोडेर छाप्नु पथ्र्यो –केही वर्षअघिको भेटमा गुप्ताले भने –राष्ट्र पुकारमा श्री ५ को सरकार थियो । अक्षर मिलाउँदा ‘को’ खसेछ, श्री ५ सरकार भयो । मैले पनि ख्याल गरिन पत्रिकामा छापिने वित्तिकै प्रशासनले मलाई पक्राउ गर्न आइहाल्यो ।

राजद्रोह भएको भन्दै राजकाज ऐन लगाएर प्रशासनले आफुलाई १५ दिनसम्म थुनेको गुप्ताले त्यही बेला बताएका थिए । उनले भनेका थिए – जाँचबुच, सरजिमिन ग¥यो, जिल्ला अदालतले छाड्यो तर, फेरी पुनरावेदन अदालतले समात्यो ।

२०४६ सालमा गएर मेरो मुद्दाको टुंगो लाग्यो । उनको थुप्रै दशक पत्रकारिता र प्रजातन्त्र ल्याउनमा वितेको छ । गिरफ्तार हुनु र कुटपीट खानु उनका लागि सामान्य थियो । नेपाली काँग्रेसमा आस्था राख्ने गुप्ता पञ्चायत शासन विरुद्ध र प्रजातन्त्रका पक्षमा भूमिगत तरिकाले निकै आन्दोलन गरे ।

नेपाली पत्रकारिताको ईतिहासमा प्रेस स्वतन्त्रता सेनानीको उपाधी पाईसकेका गुप्ता अझैं नि सन्तुष्ट थिएनन् । ‘डेमोक्रेसीको मिशनको रुपमा मैले पत्रिका प्रकाशित गरेको थिएँ –गुप्ताले भने तत्कालिन अवस्थामा भनेका थिए –डेमोक्रेसी माथि बारम्बार आक्रमण भईरहयो, मेरो पनि त्यसको रक्षाका लागि कलम चलि रह्यो ।

नेपालको पत्रकारिता अझैं पनि निष्पक्ष र मर्यादित हुन नसकेको उनी बताउँदै आएका थिए । गुप्ता गोपाल दास पत्रकारिता पुरस्कार, प्रेस स्वतन्त्रता सेनानी, लगाएत एक दर्जन भन्दा बढी पुरस्कारबाट सम्मानित भईसकेका थिए ।

बयोबृद्ध गुप्ताले नेपालगन्जबाट किरण साप्ताहिक पत्रिका आफैंले प्रकाशित गरिरहेका थिए । ९२ वर्षको उमेर भईसक्दा पनि गुप्ता साईकलमा चढेर विभिन्न कार्यक्रममा समाचार संकलनका लागि पुग्ने गर्थे । फुर्सदको समयमा घरमा बसेर पत्रिकाका लागि समाचार, लेख तयार पार्ने उनको बानी थियो ।

उनै नेपाली पत्रकारिताका धरोहर ‘चाचाजी’ अर्थात पन्नालाल गुप्ताको ९२ वर्षको उमेरका बुधबार राती नेपालगन्जमा निधन भएको छ । उनको शुक्रबार मात्रै स्थानीय राप्ती नदी किनारमा हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिएको छ । उनी अब हामी माझ छैनन् तर, पत्रकारीतामा उनले दिएको योगदान र उनीप्रतिको हाम्रो श्रद्धा सबै अमर रहिरहनेछ ।