स्ट्रीट वर्कआउट कम्पिटिसन


स्ट्रीट वर्कआउट कम्पिटिसन

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीमा स्ट्रीट वर्कआउट कम्पिटिसन गरिएको छ ।

एनवाईएफसी नेपालगन्जले आयोजना गरेको स्ट्रीट वर्कआउट कम्पिटिसनमा किशोरहरुले रुची देखाएका छन् । स्ट्रीट वर्कआउटमा दौड्ने, गाडीका टायर उल्टाई–पल्टाई गर्ने, बक्समा जम्फ गर्दै झर्ने, डम्बल उचाल्नेलगायत निश्चित पटक गरिन्छ ।

स्ट्रीट वर्कआउट शारीरिक अभ्यासका लागि महत्वपूर्ण रहेको बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा सदस्य डम्बर थापा, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्का, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही लगायतको उपस्थितिमा स्ट्रीट आउट प्रतियोगिता गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

वडाध्यक्ष रिजालले शारीरिक तन्दुरुस्तीका लागि यसखालका अभ्यास बालकदेखि प्रौढसम्मका लागि उपयोगी भएको बताए । विभिन्न विधामा समावेश खेलकुद सबैभन्दा छिटो सम्पन्न गर्नेलाई यसमा विजेता मानिने शाहीले जानकारी दिए ।

कार्यक्रममा क्रिकेट खेलाडीका लागि आवश्यक खेल सामाग्री हस्तान्तरण गरिएको छ ।