नेपालगन्ज :बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने अभियान नेपालन्जमा पेचिलो बन्दै गएकोछ । प्रदेश पाँचको स्थायी राजधानी बुटवल हुने पक्कापक्की भएसगैं बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने आन्दोलन शुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाको संयोजकत्वामा संघर्ष समिति गठन भएपछि बाँके–बर्दियाका राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवि, पत्रकार, कानून व्यवसायी, विद्यार्थी आन्तरिक छलफल र बहसमा जुटेका थिए ।
यसैक्रममा शनिबार नेपालगन्जमा सल्यानी समाज बाँके, बाँके होटल तथा रेष्टूँरेण्ट व्यवसायी संघ लगायतका संघसंगठनले शान्तिपूर्ण ¥याली निकालि नेपालगन्ज नगरपरिकर्मा गरेकाछन् ।
उनीहरुले बुटवल राजधानी चाहिदैन, बाँके–बर्दियालाई कर्णालीमा मिसाउनु पर्छ लगायतका नारा लगाएका थिए । स्थानीय सेतुविक चोकबाट सुरु भएको ¥यालीले नगरपरिकर्मा गरि कोण सभा गरेको थियो । बाँके–बर्दियामा अहिले कर्णाली प्रदेशमा समाहित हुने विषयलाई लिएर राजनीतिक दलदेखि प्रशासन तह सम्म आन्तरिक बहस छलफल भइरहेकोछ ।
प्रदेश सरकारले राजधानी तोके लगत्तै कडा रुपमा सडकमै उत्रिने संघर्ष समितिका सदस्यहरु बताँउछन् । मेयर राणाले यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा, नेकपा महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल लगायतका उच्च राजनीतिक नेतृत्व समक्ष बुटवल राजधानी हुने हो भने बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभि हिमाल, पहाड, तराईको मर्म र बाँके–बर्दियाको हिजोदेखिको कर्णाली प्रदेशसंगको सम्बन्धर्ला जिवन्त राख्नका लागि पनि बाँके–बर्दिया कर्णालीमा जानुको विकल्प नरहेको बताउँदै आएका थिए ।
यस विषयमा नेकपाका अध्यक्ष प्रचण्ड र केपी ओलीका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु समेत सकारात्मक देखिएका छन् ।
कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसअघि नै बाँके–बर्दियालाई कर्णालीमा स्वागत गर्न आफू र प्रदेश सरकार तथा समस्त कर्णालीबासीहरु आतुर भएको बताएका थिए ।
उनले बाँके–बर्दियालाई कर्णालीमा मिसाउनका लागि बाँके–बर्दियाकै राजनीतिक दल र नागरिकहरु एक जुट भएर लाग्नु पर्ने बताउदै यस अभियानमा कर्णालीबासीको पूर्ण सहयोग रहने पनि प्रष्टाएका थिए ।
यसैबीच मेयर राणा नेतृत्व संघर्ष समितिले सोमबार नेपालगन्जमा विभिन्न राजनीतिक दल, पेसागत संगसंगठन, विद्यार्थी, अधिकारकर्मी, नागरिक समाजसंग छलफल गर्ने तयारी गरेको समितिका सदस्य विकास आचार्य बताँउछन् ।