पर्यावरण जोगाउन जाऔं है ठाकुरद्वारा


पर्यावरण जोगाउन जाऔं है ठाकुरद्वारा

नेपालगन्ज: पश्चिम नेपालमै पहिलोपटक लामो दूरीको साईकल यात्रा गरिदैछ । विश्व साईकल यात्री पुष्कर शाहको विशेष उपस्थितीमा उक्त साईकल यात्रा हुन लागेको हो । ‘सद्भाव डटकम, टूर दी ठाकुरद्वारा’ नाम दिइएको उक्त साईकल यात्रा यही माघ १८ गते हुनेछ । जसमा ५० जना साईकल यात्रीहरुले सहभागिता जनाउनेछन् ।

पश्चिम नेपाललाई विश्वसामु चिनाउन, यसक्षेत्रको पर्यावरणको जगेर्ना गर्दै आन्तरिक तथा बाह्र पर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ उक्त साइकल यत्रा गर्न लागिएको साईकल यात्राका कार्यक्रम संयोजक सतिश निरौलाले बताए । उनले भने हामी यही माघ १८ गते नेपालगन्ज देखि बर्दियाको ठाकुरद्वारा सम्मको यात्रा साइकलबाट गर्नेछौं, १९ गते साईकलयात्रा र यसको प्रबन्द्र्धनका विषयमा अन्तरक्रिया गरेर समापन गरिनेछ ।

नेपालगन्ज साईकल क्लबका सचिव गगन थापाले साईकल यात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको बताए । उनले भने हाम्रो यो साइकल यात्रामा विश्व साइकल यात्री पुष्कर शाहको सहभागिता हुनेछ । उहाँ १७ गते नेपालगन्ज आउनुहुन्छ ।
क्लबका सदस्य सुरेन्द्र कार्कीले भने साईकल मानव स्वास्थ्यलाई लाभदायक छ, यसबाट वातावरणमा कुनै प्रभाव पार्दैन । त्यसैले यसको प्रर्बद्धन गर्नुपर्छ, नयाँ रुटको सम्भावनाको खोजीका साथै वन्यजन्तु जोगाउने जनचेतना दिनका लागि पनि यो यात्रा गर्न लागेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

 

सो सद्भाव साईकल यात्रामा सहभागि हुन भने न्यूनतम शूल्क तिर्नुपर्नेहुन्छ । सवैतयारी भइसकेकोछ । ठाकुरबाबा स्थित मन्दिर प्राङ्गणमा १९ गते यात्रा टुङ्गिन्छ । सद्भाव डटकम टू दि ठाकुरद्वारा, साइकल यात्रामा विभिन्न स्थानीय निकाससंग समन्वय गरिएकोछ । सो यात्रामा नेपालगन्ज फोटो वाकरको समेत सहभागिता रहनेछ ।