लागूऔषध ‘मानव बम’ बन्दै

लागूऔषध सेवनले ७० प्रतिशत अपराध, ७०८ मुद्दा दर्ता


लागूऔषध ‘मानव बम’ बन्दै

नेपालगन्ज: सरकारले प्रतिबन्धित गरेको लागू औषध ‘मानव बम’का रूपमा देखिएको छ । यसको सेवनकै कारण नेपालमा धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको सरकारी तथ्याकंले समेत देखाएको छ ।

लागूऔषध ओसारपोसार तथा सेवनको रोकथामका लागि सरकारले वर्षेनी लाखौं खर्चेर विविध कार्यक्रम गर्दै आएपनि यसको सेवनतर्फ युवा जमातको आकर्षण घट्नुको साटो बढ्दै गएको छ । यसले पनि यो ‘मानव बम’का रूपमा सूचीकृत हुँदै गएको प्रष्ट भएको छ ।

लागूऔषध खरिदमा खर्च हुने अर्थ संकलन गर्न चोरी र लुटपाट जस्ता घटना घट्ने र अन्य अपराध समेत बढ्ने गरेको भेटिएको छ ।लागूऔषधकै कारण मानव समुदायमा नैतिक अनुशासन जस्ता मानवीय मुल्य–मान्यता र साँस्कृतिक, धार्मिक एवं अध्यात्मिक पहिचानमा क्रमशः ह्रास आई सामाजिक संरचना र प्रतिष्ठामा संकट खडा गरेको छ ।

बाँकेका पनि लागूऔषधको कारोबार दिनप्रतिदिन बढ्दै गएको सरकारी तथ्याकंले नै देखाउँछ । नेपालबाट गाजा, चरेश भारतमा लैजाने र भारतबाट बनिबनाउँ लागूऔषध जमुनाह नाका हुँदै नेपाल ल्याउने गिरोह नै रहेको बाँके प्रहरी नै बताउँछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

तर, यति ठूलो गिरोहलाई बाँके प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन् । यसले मान जीवनमा ठूलो असर पार्दैआएको छ । प्रयोग गर्ने व्यक्ति मात्रै नभई उसको परिवार छरछिमेक र साथीभाईसम्म पनि यसले प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्ने गरेको देखिएको छ ।

बाँकेमा पछिल्लो चार वर्षको अवधीमा कर्तव्य ज्यान, किर्ते र बिषसेवन सम्बन्धी मात्रै पाँच सय ९७ मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।

उनकाअनुसार बाँकेमा यो आर्थिक वर्षको अहिलेसम्म सात सय आठ वटा लागूऔषधका मुद्दा दर्ता भएका छन् । उनले भने ‘यसरी दर्ता भएका मुद्दामा एक हजार एक सय २५ जना नागरिक पक्राउ परेका छन् ।’ तर, यसरी पक्राउ पर्नेमा अधिकांश भरीया मात्रै हुने गरेको खुलेको छ ।
नेपालमा अहिले दुईलाखको हाराहारीमा युवायुवतीले लागूऔषध प्रयोग गर्दै आएको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी बसन्तकुमार लामा बताउँछन् ।

उनकाअनुसार लागूऔषधबाट करिब ८० प्रतिशत अप्राकृतिक मृत्यु हुने गरेको छ । २०६९ सालको तथ्याकं अनुसार लागूऔषध प्रयोगबाट ७० प्रतिशत आपराधिक घटना हुने गरेका छन् ।

अहिले नेपालमा लागूऔषधको बिश्लेषण ११ दशमलव ३८ प्रतिशतले बढिरहेको उनी बताउँछन् । नेपालमा १० देखि ४० वर्ष उमेर समूहका ९५ प्रतिशत युवायुवती यसका प्रयोगकर्ता रहेको एसएसपी लामाले बताए ।

लागूऔषध सेवन तथा ओसारपोसारमा ८० प्रतिशत सात कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोर–किशोरी छन् । यसमा युवतीहरूको संख्या ४० हजार छ । विशेषगरी लागूऔषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीलाई प्रयोग गर्ने गरेको सरकारी अधिकारीको दावी छ ।

लागूऔषध अवैध ओसारपसार नियन्त्रण गर्न कानून कार्यान्वयन गर्ने निकायहरू क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय रूपमा संगठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य झन् चुनौतिपूर्ण बन्दै गएको प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल बताउँछन् ।

उनकाअनुसार लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । जनसंख्याको वृद्धि तथा भूमण्डलीकरणको कारणसँगै लागूऔषध प्रयोगकर्ता र यसका कारोबारीको संख्यामा वृद्धि भएको देखिएको छ ।

लागूऔषध कारोबार नियन्त्रणका लागि नेपाल सरकारले लागूऔषध नियन्त्रण रणनीति, २०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ अन्तर्गत बुँदा नम्बर ७३ देखि ७६ सम्म लागूऔषध सम्बन्धी नीति तथा योजना समावेश गर्नुका साथै ‘लागूपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियान २०७५ शुरू गरेको छ । तर, यो प्रभावकारी हुन सकेको देखिदैन् ।

बाँकेमा मदिरा, खैनी, चुरोटसंगै गाँजा, चरेश, हिरोइन, अफिम, औषधि जन्य लागूऔषधको बढी प्रयोग हुने गरेको छ । गाँजा, चरेश र अफिम बाहेक अन्य लागूऔषध भारततिरबाट नेपाल आउने गरेको छ । लागूऔषध दुव्र्यसन नियन्त्रण कार्यमा गैरसरकारी संघसंस्था भन्दा गृह प्रशासन कमजोर देखिएको छ ।

मन्त्रालयले एकजना सहसचिवको नेतृत्वमा लागूऔषध नियन्त्रण ईकाइ गठन गरेपनि यसका गतिविधि प्रभावकारी हुन सकेको छैनन् ।