फुल्टेक्राको जमिनमा क्रिकेट मैदान उपयुक्त


फुल्टेक्राको जमिनमा क्रिकेट मैदान उपयुक्त

नेपालगन्ज : नेपालगन्जमा क्रिकेट मैदान नहुदाँ खेलाडीले प्रशिक्षण र प्रतियोगिता खेल्न पाएका छैनन् । यतिमात्र होइन उपमहानगरपालिकाले जग्गामात्रै खोज्न नसक्दा प्रदेश सरकारबाट हरेक वर्ष पैसा आउदै त्यसै फर्कदै गरेको छ । तर, लामो समयको प्रयास पछि उपमहानगरपालिकालाई क्रिकेट मैदान निर्माणका लागि उपयुक्त जग्गा फेला परेकोछ ।

नेपालगन्जमा क्रिकेट मैदान निर्माणका लागि समिति गठन गरि जग्गाको खोजीमा लागेको उपमहानगरपालिकाले क्रिकेटका लागि उपयुक्त जमिन फेला पारेको हो ।

समितिले क्रिकेट मैदानका लागि नेपालगन्ज वडा नम्बर ६, फुल्टेक्रा स्थित खाली जमिन उपयुक्त रहेको भन्दै मेयर डाक्टर धवल शम्सेर राणा समक्ष प्रतिबेदन बुझाएकोछ ।

समितिले आईतबार मेयर राणालाई प्रतिबेदन बुझएको हो । उपहमानगरपालिकाको आगमाी बोर्ड बैठकमा प्रतिवेदनका विषयमाथि छलफल गरेर अघि बढ्ने मेयरले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

वडा अध्यक्ष एवं क्यानका पूर्व केन्द्रीय सदस्य सुनीलसिंह हमालको संयोजकत्वमा गठित समितिले यसअघि फुल्टेक्रा, वडा नम्बर १४ को भवनीयपुर र वडा नम्बर १९ को बसुदेवपुरको तलाउ र आलानगरको जग्गा स्थलगत अवलोकन गरेको थियो । तर, ती सवैभन्दा उपयुक्त र पायक पर्ने जग्गा फुल्टेक्रास्थित खाली जमिन रहेको भन्दै प्रतिवेदन बुझाएको हो ।

क्रिकेट निर्माणका लागि उपमहानगरपालिकाभित्र सवै भन्दा उपयुक्त ठाँउ फुल्टेक्रा भएकाले त्यही क्रिकेट मैदान बनाउनका लागि प्रतिबेदन बुझाईएको समितिका संयोजक हमाल बताउँछन् ।

फुल्टेक्राको जग्गामा केही विवाद भएपनि क्रिकेट मैदान बनाउँदा कुनै समुदाय विशेष नुहुने र क्रिकेकट मैदान बनाउन उपयुक्त हुने संयोजक हमाल बताँउछन् । क्रिकेट मैदान हुदै स्टेडियम बनाउका लागि फुल्टेक्रामा जग्गा पुग्ने र पायक पर्ने ठाँउ रहेको समितिको बुझाई छ ।

फुल्टेक्रास्थित उक्त जग्गामा रहेको सामान्य विवाद सुुल्झाउनका लागि छलफल र सम्बाद गर्ने अधिकार दिन समितिले माग समेत गरेको छ । बोर्ड बैठकले त्यसप्रकारको अधिकार दिने निर्णय गर्दा कार्यदल छलफलमा जुट्ने वडा नम्बर १३ का अध्यक्ष विरेन्द्र शाह बताउँछन् ।

खेल मैदान अभावमा नेपालगन्जका क्रिकेट खेलाडीहरुका लागि मंगल प्रसाद उमाविको खेल मैदान नै विकल्पका लागि रहदै आएकोछ ।