‘प्रहरीको मुख्य काम अपराध नियन्त्रण गर्ने हो’ : डिआइजी अधिकारी


‘प्रहरीको मुख्य काम अपराध नियन्त्रण गर्ने हो’ : डिआइजी अधिकारी

नेपालगन्ज : प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआईजि पिताम्बर अधिकारीले ‘प्रहरीको मुख्य काम अपराध नियन्त्रण गर्ने बताए । प्रदेश प्रहरी प्रमुख जिम्मेवारी सम्हालेको तीन महिनापछि पहिलो पटक नेपालगन्ज आएका अधिकारीले मङ्गलबार पत्रकारहरुसंग कुराकानी गर्दै उनले भने–‘हतियार बोकेर आउने अपराधीसंग हतियारबाटै ट्याकल गरिन्छ । यसको अर्को बिकल्प छैन ।’


अपराधी बिरुद्ध कडारुपमा प्रस्तुत हुदै उनले प्रदेश भित्र अपराधकर्ममा लागेका बिरुद्ध ‘इन्काउन्टर’का घटना घटिरहेका बेला प्रदेशको सुरक्षा कमाण्ड सम्हालेका डिआईजि अधिकारीले त्यस्ता अपराधी बिरुद्ध सशक्तरुपमा लाग्ने सन्देश दिएका हुन ।


प्रचारमुखी भन्दा परिणामुखी कार्यमा लाग्न समेत उनले मातहतका कर्मचारीलाई निर्देशन दिए । हतियार सहितको संगठित अपराध, चन्दा आतंक, महिला हिंसा, हत्या जस्ता गम्भीर प्रकृतीका घटनाहरु प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान गर्ने र कुनै पनि कमजोर हुन नदिने स्पष्ट पारे ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै पछिल्लो समय प्रदेश पाँचमा संगठित आर्थिक अपराध तथा बैकिङ् कसुरका घटना बढ्दै गएका छन् ।

प्रदेश पाँचको तथ्याकंलाई हेर्दा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मात्र संगठित आर्थिक अपराध र बैकिङ् कसुर समबन्धी पाँच सय ३१ उजुरी परेका छन् । चार सय ४८ संगठित आर्थिक अपराध सम्बन्धी र ८३ बैंकिङ् कसुरका रहेको प्रदेश प्रहरी मुख्यालयले बताएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सवारी दुर्घटना नियन्त्रण प्रदेश ५ का लागि चुनौतीपुर्ण बनेको बताउँदै डिआईजि अधिकारीले महेन्द्रराजमार्गमा रात्रीकालिन सवारी दुर्घटना नियन्त्रण गर्न बिशेष अभियान चलाउन लागेको जानकारी दिए । प्रदेश सरकारसंगको समन्वयमा प्रहरीले बर्दघाटदेखि चिसापानीसम्म सिसि टिभी क्यामेरा जडान गर्न लागिएको डिआईजी अधिकारीले बताए ।