१३२ विघा जमिन संरक्षण


१३२ विघा जमिन संरक्षण

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले दुई वर्षमा एक सय ३२ विघा १६ कठ्ठा ऐलानी जमिन संरक्षणमा लिएकोछ ।

कार्यभार सम्हालेदेखि हालसम्म उपमहानगरपालिका भित्रका एक सय ३२ विघा १६ कठ्ठा साढे १४ धुर ऐलानी जमिन पहिचान गरी संरक्षण गरेको मेयर डाक्टर धवलशम्सेर राणाले बताए ।

उनले उपमहानगपालिकाभित्र बेवारिसे अवस्थामा रहेका ताल र पोखरीको पहिचान गरि संरक्षण गर्ने क्रममा ७० विघा १० कठ्ठा जमिन फेला पारी तारवार गरिएको बताए । ऐलानी, पोखरी र जंगलको जमिन संरक्षण गरि प्रयोगमा ल्याउने योजना बनाएको उपमहानगरपालिकाले दुई वर्षको अवधिमा मन्दिरको ६ कठ्ठा र तीनसय ३८ विघा सात कठ्ठा ५ धुर जंगल संरक्षण गरेको मेयर राणाले जानकारी दिए ।

पोखरीको रुपमा रहेका साना–साना गयाको संरक्षण गरी आवश्यकता अनुसार माटो पटान गरिएको उनको भनाई छ । ‘पोखरीमा माटो पटान गरी खेल मैदान, वडा कार्यालय, नगर स्वास्थ्य क्लिनिक भवन, सामुदायिक भवन बनाउन सुरु भएको छ,’ उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

अतिक्रमण भएको सरकारी जमिनको खोजी गरी उपमहानगरको नाममा ल्याइने बताउदै उनले २५–३० करोडको ऐलानी, पर्ती जमिन संरक्षण गरी उपमहानगरको मातहतमा ल्याइएको दावी गरे ।

‘यसलाई उपमहानगरको उपलब्धिको रुपमा लिइएको छ,’ मेयर डाक्टर राणाले भने चालू आवको ८ महिनामा आठ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरिएकोछ ।