File Photo
नेपालगन्जः प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैठौं संस्करण आजबाट नेपालगन्जमा हुदैछ । नेपालगन्ज रङ्गशाला स्थित कर्बड हलमा दिउँसो १ बजे प्रतियोगिता प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले गर्दैछन् । तर, विश्वव्यापी आक्रान्त बनाएको कोरोना भाइरसको प्रभाव पिएम कपमा देखिएकोछ ।
आयोजकले छैंठौं संस्करणमा भारत सहित बंगलादेश, श्रीलंक र माल्दिभ्सका शीर्ष क्लबका खेलाडी सहभागिता हुने जनाएको थियो । सोही अनुरुप तयारी गरि आयोजकले उक्त देशहरुमा लिखित पत्राचार गरेको थियो । तर, विश्वव्यापी आक्रान्त बनाएको कोरोना भाइरसका कारण बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलीडीले यसपटक सहभागिता नजनाउने आयोजकले बताएको छ ।
कोरोना भाइरसका कारण यसवर्ष विदेशी टिम सहभागिता जनाउन नसक्ने भएपछि कोरोना भाइरसको प्रभाव पिएम कपमा पनि देखिएको हो ।
नेपाल भलिबल संघ मार्फत कोरोना भाइरसका कारण यसपटक सहभागिता जनाउन नसक्ने भन्दै उनीहरुले पत्र पठाएको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । कोरोना भाइरसबाट प्रभावित भएका कारण यसपटक स्वदेशी ५ र भारतीय २ गरि जम्मा ७ टिमले पिएम कपमा प्रतिस्प्रर्धा हुने ठकुरी बताउँछन् ।
यसैबीच, प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएकोछ । फाल्गुन २२ गते सम्म सञ्चालन हुने छैठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता मुल समारोह समिति संयोजक तथा प्रदेश सांसद कृष्ण केसी ‘नमूना’ले जिल्लाको ईज्जत जोडिएको प्रतियोगिता भएकाले सवैले मिलेर सहयोग गर्नुपर्ने बताउँछिन् ।
छैठौं संस्करणसम्म आइपुगेको प्रधानमन्त्री भलिबल कप प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख, उपविजेतालाई एक लाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार सहित ट्रफी दिने घोषणा गरिएको छ । उक्त प्रतियोगीता २०७० देखि नेपालगन्जबाट शुरूवात गरिएको हो ।
यसवर्ष नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड एकेडेमीले भाग लिएको बाँके जिल्ला भलिबल संघका अध्यक्ष ठकुरीले बताए । यस्तै भारतीय टिम पश्चिम बंगाल र एसएसबी लखनउ सहभागिता जनाउदैछ ।
प्रतियोगिताको समापन सामाजिक विकास मन्त्री सदर्शन बरालले गर्ने तयारी रहेकोछ । भने समापनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दको उपस्थिती रहनेछ ।
बाँकेका सुशील कोइराला प्रधानमन्त्री भएदेखि नेपालगन्जमा नियमित प्रतियोगिता हुँदै आएकोमा यसपटकको प्रतियोगिताको नेतृत्व महिलाबाटै हुन लागेको हो ।