कोरोनाका कारण करिष्माले होली नमनाउने


कोरोनाका कारण करिष्माले होली नमनाउने

काठमाडौं: कोरोना भाइरसको उच्च जोखिम भएको भन्दै नायिका करिष्मा मान्नधरले यो वर्ष होली पर्व नमनाउने भएकी छिन् ।

हरेक वर्ष कलाकारहरुलाई आफ्नै घरमा बोलाएर होली मनाउँदै आएकी करिष्माले कोरोनाको संक्रमणको डरले यो वर्ष होली नमनाउने भएकी हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ चाहे दशैं, तिहार होस् या फागु । गएको साल एसईईको परीक्षाको कारणले मनाउन पाएन’ उनले फेसबुक पेजमा लेखेकी छिन्, ‘यो वर्ष उत्साह थियो । तर, अहिलेको कोरोना संक्रमणको यो परिस्थितिमा येस्तो नजिकबट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउँदा राम्रो हुन्छ ।’

सरकारले कोरोना संक्रमणको उच्च सम्भावना रहेको भन्दै सभा, सम्मेलन तथा ठूलो संख्यामा जमघट नगर्न आग्रह गरिसकेको छ ।
यसवर्ष होली पहाडी जिल्लामा यही फागुन २६ र तराईमा २७ गते परेको छ ।