कोहलपुरमा टिप्पर आतंक, एकको मृत्यु


कोहलपुरमा टिप्पर आतंक, एकको मृत्यु

नेपालगन्ज : नेपालगन्ज–कोहलपुर सडकखण्डमा टिप्पर आतंक बढेर आएकोछ । टिप्पर आतंक बढेसगैं नेपालगन्ज–कोहलपुर सडकखण्डमा दिनहुँजसो सानो ठूलो दुर्घटना भइरहेकोछ । सडकमा तीव्र गति र मनपरि ढंगले हुइकिने यस्ता टिप्परले सवारी दुर्घटनासगैं जनधनको क्षती समेत हुने गरेको छ ।

व्यस्त सडकमै प्रतिस्प्रर्धीरुपमा एकले अर्कालाई उछेन्नेगरि हुइकिने टिप्परका कारण पैदल यात्रुदेखि अन्य सवारी साधन समेत जोखिममा रहदै आएकाछन् । मानौ नेपालगन्ज–कोहलपुर सडक सुरक्षा दृष्टिले उच्च जोखिममा रहेकोछ ।

टिप्पर आतंक बढ्दै गएपछि बुधबार विहान नेपालगन्ज–कोहलपुर सडखण्डको पिपरीमा एकजनाको मृत्यु भएकोछ । कोहलपुर पिपरी चोक पश्चिम झण्डहवा जाने बाटोबाट मुख्य सडक नेपालगन्ज–कोहलपुर सडकमा आउन लागेको टिप्परले किच्दा साईकल यात्रुको मृत्यु भएको छ ।

रा १ ख २१८८ नम्बरको टिप्परले साईकल यात्री ४० वर्षीय रापती थारुलाई कुचलेको हो । टिप्परले किच्दा गम्भीर घाइते भएका थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डाक्टर देवेन्द्र आचार्यका अनुसार टिप्परले कुचल्दा गम्भीर घाईते भएका थारुको उपचारका क्रममा मृत्यु भएको सेतोखरीलाई जानकारी दिए ।

कोहलपुर नगरपालिका वडा नम्बर ९ झण्डहवा निवासी थारुको मृत्यु भएसगैं यतिबेला उनका आफन्त र स्थानीयले टिप्परलाई नियन्त्रणमा लिएर आन्दोलन गरिरहेकाछन् ।

स्थानीयले नेपालगन्ज–कोहलपुर सडकखण्डको पिपरीमा टायर बालेर घटनाको विरोध गर्दै सवारी आवागमनमा अबरोध पु¥याकाछन् । उनीहरुले सडकमा टिप्पर आतंक बन्द गरियोस्, पीडितलाई न्याय माग गर्दै दोषीलाई कारबाही गर्न माग गरेकाछन् ।

यसअघि पनि नेपालगन्ज–कोहलपुर सडकखण्डको त्रिभुवन उमावि नजिक ट्रकले स्कुले छात्रालाई कुचलेको थियो । ट्रकले कुचल्दा ती छात्राले अनाहकमा आफ्नो खुट्टा गुमाउनुपरेको थियो ।

ट्राफिक व्यवस्थापनमा फितलो र सरोकारवालाको ध्यान नजाँदा पछिल्ला समय सवारी दुर्घटना बढेकाछन् । सडक दुर्घटनाको पछिल्लो दर हेर्दा सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ ।