गोर्खालाई मेयर कपको उपाधी


गोर्खालाई मेयर कपको उपाधी

नेपालगन्ज : बाँके कोहलपुरमा जारी अन्तर मावि मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी गोर्खा युनाइटेड पब्लिक स्कुलले हात पारेको छ ।

प्रतियोगितामा पाँच वटा बिधामा प्रथम भइ नगद ५१ हजार सहित गोर्खा युनाइटेडले दोस्रो अन्तर माबि मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हात पारेको हो । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले गोर्खा युनाईटेडलाई नगद सहित शिल्ड र प्रमाणपत्र बितरण गरेका हुन् ।

प्रतियोगितामा तीन वटा बिधामा प्रथम स्थान सहित जनज्योति पब्लिक स्कुल द्वितिय तथा २ वटा बिधामा प्रथम सहित त्रिभुवन मावि तृतिय भएको छ । मंगलबार ज्ञानज्योती चप्परगौडी र जनज्योती मावि एन. सिसि.एन बीच भएको छात्र भलिबलको फाइनल खेलमा ज्ञानज्योती मावि चप्परगौडी विजयी भएको हो ।

ज्ञानज्योती मावि चप्परगौडी र साइनिङ स्टार मावि पिपरीबिच भएको छात्र भलिबल फाइनल खेलमा २÷१ को सेटमा ज्ञानज्योती मावि लाई हराउदै फाइनल खेल जितेको हो । यसैगरी तेस्रो स्थानका लागी त्रिभुवन माबि र गोर्खा युनाइटेट भएको खेलमा गोर्खा यनाईटेडले जित हात पारि तेस्रो स्थान सुरक्षित गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

गत शुक्रबारबाट शुरु भएको मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कोहलपुरस्थित सामुदायीक तथा संस्थागत गरी जम्मा ३४ वटा ३४ वटा बिद्यालयहरुले प्रतियोगितामा भाग लिएका थिए ।