कोरोनाबाट फुटबल प्रशिक्षकको मृत्यु


कोरोनाबाट फुटबल प्रशिक्षकको मृत्यु

नेपालगन्ज: कोरोना भाइरसका कारण फुटबल प्रशिक्षकको मृत्यु भएकोछ । स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएपछि गत शनिबार २१ वर्षको उमेरमा उनको निधन भएको छ । गार्सियाले मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर, चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।