बाँकेमा ८ हजार ५ सय ७३ परीक्षार्थी
Photo: Google
नेपालगन्ज: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) भोली ६ गतेदेखि बाँके सहित देशभर सुरु हुदैँछ । बिहीबार विहान ८ बजेदेखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी भइसकेको शिक्षा विकास तथा समन्वय ईकाइले जनाएकोछ ।
विश्वव्यापी माहामारी बनेको कोरोना भाइरसको संत्रासमा यसपटकको एसईई परीक्षा हुदैँछ । कोरोना भाइरसका कारण विश्वभर हजारौं मानिसको ज्यान गइसकेको अवस्थामा सरकारले यसअघि स्वास्थ्य सुरक्षामा सर्तकता अपनाउर्दै कुनैपनि मेला, महोत्सव, भीड, पद्रदर्शनीमा रोक लगाएको थियो ।
कोरोना भाइरसको संक्रमणको उच्च जोखिम भइरहेको अवस्थामा एसईई परीक्षा सञ्चालन गर्नुले स्वास्थ्य संवेदनशीलता प्रति राज्यनै गम्भीर नभएको प्रष्ट हुन्छ ।
कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा परीक्षा हलमा सहभागि हुने विद्यार्थीको बालमनोविज्ञानमा पुग्ने असर र परीक्षाको स्तर प्रभावित हुने पक्का छ । यस्तो अवस्थामा राज्यले जसरी भएपनि वार्षिक कार्यतालिका अनुरुप परीक्षा लिएरै छाड्ने अठोटका कारण कोरोना भाइरसको संक्रमण फैलिदैन भनेर ढुक्क हुने अवस्था छैन ।
कोरोनाका कारण अन्य देशमा स्कुल, कलेज सवै एक महिना लामो बन्द गरिसकेको अवस्थाछ तर, नेपालमा हुन लागेको एसईईले कोरोनाको जोखिम नबढाउला भन्न सकिदैन ।
यसवर्षको एसईइ परीक्षामा बाँकेमा आठ हजार ५ सय ७३ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका रामसुरेश यादवले जानकारी दिए ।
गतवर्षको तथ्यांक अनुसार बाँके जिल्लामा आठ हजार १ सय ७५ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । यो वर्ष गतवर्षको तुलनामा ३ सय ९८ बढी विद्यार्थीले एसईई दिदैछन् ।
एसईइको पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । जिल्लाभरका ३३ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । एसईई परीक्षा अन्र्तगत बाँकेमा प्राविधिकधारमा ५ विद्यालय, खुलामा ३ विद्यालय, सामुदायिक ८५ र सस्थागत ९१ गरि १ सय ७६ विद्यालयका विद्यार्थीले एसईईमा सहभागिता जनाउदैछन् ।
एसईईका लागि जिल्लाका ८ वटै स्थानीयतहमा आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको बताउँदै ईकाइका यादवले भने–विश्वब्यापी माहामारी बनेको कोरोना भाइरसको संक्रमबाट बच्न सवै परीक्षा केन्द्रमा स्वास्थ्य जाँचको व्यवस्था मिलाउन पालिका तहमा समन्वय गरिएको बताए ।
उनले भने परीक्षा केन्द्रमा आएका विद्यार्थीहरुको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क राख्न सवै पाकिा तहसंग समन्वय गरेकाछौं ।
शैक्षिक शत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या भने घट्न सक्नेछ । तर, जिल्ला भरका परीक्षाकेन्द्रमा कति विद्यार्थी अनुपस्थिती भए भन्ने कुराको विवरण भोली आर्थ बिहीबार बेलुका मात्र थाहा हुनेछ ।
मुलुक संघीयतामा गैसकेको अवस्थामा हुन लागेको परीक्षा व्यवस्थापन, संचालन, अनुगमन उत्तरपुस्तिका खरिद लगायत सम्पूर्ण काम प्रदेश सरकारले गरेकोछ ।