नेपालगन्ज : आठौं राष्ट्रिय खेदकुद प्रतियोगिताका लागी नेपालगन्ज रंगशालामा बिशेष प्रकारको दुबो लगाउन सुरु गरिएको छ । नेपालगन्ज रंगशालामा ३६ लाख बराबरको यस्तो दुबो प्रयोग हुने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्ट बताउँछन् । व्यवसायीहरुले
भारतबाट नेपालगन्ज रंगशालाका लागि भित्रा्एको उक्त दुबोको व्यवसायीक खेती समेत सुरु गरेका छन् ।
उक्त दुबो लगाउने काम गरिरहेको काठमाडौंस्थित गौतम नर्सरीका रबिन गौतमले दाङ बेलझुण्डीमा तीन बिघा जमिनमा बरमुडा घाँसको खेती सुरु गरेका हुन । अब नेपालगन्जमा समेत खेती गर्न लागेको उनले बताए ।
प्रदेश नम्बर ५ खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीका अनुसार नेपालगन्ज रंगशालामा उत्कृष्ट प्रकारको बर्मुडा घाँस लगाउन सुरु गरिएको छ । बिशेष प्रकारको आर्कषक दुबो अन्र्तराष्ट्रिय ठुला रंगशालामा प्रयोग गरिन्छ । एक वर्गफिटको चालिस रुपैयासम्म पर्छ । भारतबाट नेपाल ल्याउँदा ढुवानी खर्च धेरै लाग्ने भएकाले यही खेती सुरु गर्न लागिएको उक्त घाँसको निर्यातकर्ता गौतम नर्सरीका रविन गौतमले जानकारी दिए ।