नेपालगन्जः कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढि जम्मा हुन नदिने घोषणा गरेकै भोलीपल्ट त्यसको अवेज्ञा गरिएकोछ ।
नेपालगन्जका अटोरिक्सा चालकले कोरोना माइरसको जोखिमलाई अवेज्ञा गर्दै आन्दोलनमा उत्रिएपछि सरकाकै निर्णयको खुलेयाम धजिया उडाइएकोछ ।
ट्राफिक प्रहरीले अनावश्यकरुपमा फाईन लिएको भन्दै नेपालगन्जका अटोरिक्सा चालक आन्दोलनमा उत्रिएपछि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार गरेको निर्णय बाँके प्रहरी प्रशासनले कार्यान्वयन गराउन सकेन ।
एकातिर सिंगो देश कोरोना भाइसरको जोखिमबाट बच्न हरसम्भव प्रयास गरिरहेकोछ तर, नेपालगन्जमा अटोरिक्सा चालकले गरेको आन्दोलन झन ग्ररुपमा बन्दै गएकोछ ।
अटोरिक्सा चालकले सडकका दुवैतर्फ अटोरिक्सा राखि आवातजावतमा अवरोध पु¥एकाछन् भने ट्राफि प्रहरी र प्रहरीले आन्दोलनलाई मथ्थर पार्न सकेको छैन ।
ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिका अगाडी आन्दोलनमा उत्रिएका अटोरिक्सा चालकले सडक जाम गर्दै प्रहरी प्रशासनविरुद्ध अश्लिल गालीगलौच गर्दै चर्का नारबाजी गरे ।
नेपालगन्ज उपमहानगरपालिकाको गेटमा धर्ना दिन पुगेका उनीहरुलाई करिब पौने घण्टामा वडा प्रहरी कार्यालयबाट आएको प्रहरीलाई देखेपछि भागाभाग गरेका थिए ।
यतिवेला नेपालगन्जको विपी चोकमा आन्दोलन जारी छ । प्रहरीले आन्दोलन मथ्थर गर्ने प्रयास गरिरहेकोछ । यद्यपी कोरोना भाइरसको उच्च जोखिम रहेको नेपालमा २५ जना भन्दा बढी भेला हुन नपाउने व्यवस्था सरकारले गरेकोछ ।
सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन यस्तो आग्रह गरेको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत र हिडडुँल नगर्न सर्वसाधरणलाई अपील गरेको छ ।