देशभर सवारीसधनमा रोक, आईतबारदेखि सबै ‘कार्यालय’ बन्द

कोरोना भाइरसका सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधन


देशभर सवारीसधनमा रोक, आईतबारदेखि सबै ‘कार्यालय’ बन्द

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै सबैलाई सकेसम्म घरमै बस्न आग्रह गरेकाछन् । उनले चैत १० गतेदेखि लामो दूरीका सवारी साधन नचल्ने घोषणा गर्दै चैत ९ गतेदेखि १८ गतेसम्म १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा पनि गरेका छन् ।

उनले सबै मानिसले केही समयका लागि आफ्नो व्यवहार तथा दैनिक जीवनमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै साबुनपानीले पटकपटक हात हुन र स्यानिटाइजर प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको जोखिमबाट आतंकित नहुन आग्रह गर्दै विदेशबाट आएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरे ।

कोरोना भाइरस महामारीले पार्ने प्रतिकूलताका लागि सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै सीमा नाकामा अनिवार्य स्वास्थ्य जाँच गर्न प्रबन्ध गरिने बताएका छन् । उनले सरकारका अत्यावश्यक बाहेक सबै सेवाहरु चैत ९ गतेदेखि २१ गतेसम्म रोक लगाएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रधानमन्त्री ओलीले देशबासीका नाममा संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका छन् ।

सरकारले चैत ९ गतेदेखि लागुहुनेगरि आगामी चैत्र २१ गतेसम्मका लागि देशभरका अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने जनाएकोछ। अत्यावश्यक सेवाभित्र विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि पर्दछन् ।

यसैबीच, कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि लागुहुने गरि दुई साताका लागि बन्द हुने भएका छन् । सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले देशभरका अदालतहरु आगामी चैत्र २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । यद्यपी बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारबाही रोकिने छैन ।