कोरोना प्रकोपः नेपाल–भारत बर्डर बन्द

नरैनापुरमा आवागमन ठप्प


कोरोना प्रकोपः नेपाल–भारत बर्डर बन्द

नेपालगन्ज:कोरोना भाइरसको प्रकोप बढेसगैं नेपाल–भारत सीमा बन्द गरिएकोछ । आईतबार विहान ५ बजेदेखि लागु हुनेगरि नेपाल–भारत बर्डर बन्द गरिने भएकोछ ।

कोरोना भाइरसको प्रकोप बढेसगैं नेपाल–भारतका सम्पूर्ण नाका एक दिनका लागि बन्द गरिनेभएको हो । भारतमा कोरोना भाइरससंग लड्न भन्दै भारत सरकाले एक दिनका लागि ‘जनता कफ्र्यु’ लगाउने निर्णय गरेको हो ।

नेपालगन्ज जमुनाह प्रहरी चौकीका ईन्चार्ज माधव रिजालका अनुसार नेपाल–भारत बर्डर आईतबार बिहान ५ बजेदेखि बन्द गरिदैछ । यो अवधिमा कसैलाई पनि आवागमनमा छुट दिइनेछैन ।

सेतोखरीसंग कुरा गर्दै जमुनाह प्रहरी इन्चार्ज रिजालले भने–‘बर्डर बन्द हुने जानकारी प्राप्त भएकोछ । भारतले एकदिनका लागि जनता कफ्र्यु लगाएकोले नेपाल-भारत सीमा एक दिनका लागि बन्द गरिएको हो । ’

Kanti Aarogya Hospital Nepalgunj

भारत सरकारले कोरोनबाट बच्न जनता कफ्र्यु लगाउने भएसगैं नेपालको पूर्वीदेखि पश्चिमसम्मका सवै सीमानाका बन्द गरिनेछ । बाँकेमा शनिबारमात्रै नेपाल–भारत सीमा क्षेत्र दशगजामा दुवैदेशका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितको टोलीले निगरानी बढाएका थिए ।

जमुनाह प्रहरी ईन्चार्ज रिजालले–‘खुला तीनवटा चोर बाटोबाट लुकेर सर्वसाधरण नेपाल–भारत ओहोरदोहोर गर्न थालेपछि कोरोना लागेका ब्यक्तिहरुको पहिचान होउन भनेर दुवैदेशका सुरक्षाकर्मीले निगरानी बढाएको बताए ।

यसैबीच, कोरोना संक्रमणलाई मध्य नजर गर्दै नरैनापुर गाउँपालिकाले भारतसंग जोडिएका सबै नाकामा अनिश्चितकालका लागि आवागमनमा रोक लगाएकोछ ।

भारतीय क्षेत्रमा कोरोना संक्रमण तीब्र रुप लिँदै गएपछि गाँउपालिकाले सबै आवागमन अनिश्चित समयका लागि रोकेको हो । गाँउपालिकाका प्रेस सल्लाहकार नविन गिरीका अनुसार नरैनापुरले शनिवार बिहान १० बजेबाट सवै आवागमन बन्द गरेकोहो ।

नरैनापुर गाउँपालिका भारतीय क्षेत्र श्रावस्ती र बहराईचसंग प्रत्यक्ष जोडिएको र सो क्षेत्रमा कोरोना संक्रमित विरामी फेला परेको सूचना भारतीय स्वास्थ्य संस्थाले जारी गरेपछि सीमा क्षेत्रमा निगरानी र सतर्कता बढाइएको छ ।

यतिबेला नरैनापुर क्षेत्रमा नागरिक आवागमन पूरै रोकिएको छ, सेतोखरीसंग कुरा गर्दै सल्लाहकार गिरीले भने यसअघि स्वास्थ्य जाँच गरेर मात्र आवागमन गराइन्थ्यो आजबाट पुरै आवागमन रोकिएकोछ ।’ नरैनापुर गाउँपालिकाको सुईया, बनियागाउँ, रोशनपुर्वा, घोडदौरिया, ककरदरी, रामपुर, सोनवर्षा सहितका नाकामा स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मीहरु परिचालित छन् ।