क्वारेन्टाईनबाट भागे नेपाली, नेपालगन्जमा त्रास

प्रशासनको फितलो ब्यवस्थापन


क्वारेन्टाईनबाट भागे नेपाली, नेपालगन्जमा त्रास

नेपालगन्ज: क्वारेन्टाईनमा राखिएका नेपाली भागेका छन् । कोरोना संक्रमित देश भारतबाट उद्धार गरि क्वारेन्टाईनमा राखिएका ६ सय बढि नेपली भागेकाहुन् ।

कोरोना संक्रमित देश भारतबाट उद्धार गरि ल्याइएका ती नेपालीहरु शंकास्पदरुपमा भागेपछि यतिबेला नेपालगन्जमा त्रास फैलिएकोछ । सरकारले कोरोनाको जोखिम देखिएसगैं आजबाट भारत र चिनतर्फका सवै नाका सील गरेको थियो । सोमबार विहान १० बजेदेखि नेपालसगं जोडिएका भारत र चीनतर्फका सवै नाका एक हप्ताका लागि बन्द गरिएकोछ ।

बर्डर बन्द भएसगैं नेपाल–भारत सीमामा आइपुगेका नेपालीहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गरिरहँदा बाँके प्रशासनले उनीहरुलाई प्रवेशमा रोक लगाएको थियो । नेपाल प्रवेश गर्न नपाएका करिब हजारको संख्यामा रहेका नेपालीलाई जिल्ला स्थित सर्वदलीय सर्वपक्षिय छलफलपश्चात स्वास्थ्य जाँच गरि नेपाल प्रवेश गराइयो ।

नेपालगन्ज उपमहानगरपालिकाले ३ वटा नगरबसको प्रयोग गरि नेपाल–भारत सीमाबाट ८ जना नेपालीलाई उद्धार गरि महेन्द बहुुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल–भारत सीमानाका भन्दा करिब ३ किलोमिटर यतै रहेको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएका ६ सय जना नेपालीहरु क्वारेन्टाईनबाट भागेका हुन् ।

क्वारेन्टाईनमा राखिएका नेपालीहरुमा अधिकांश बयस्क र युवाहरु फरार भएपछि यतिबेला मेहन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाईमा करिब २ सयको हाराहारीमा महिला, बालबालिका र बृद्धबृद्धाहरु मात्र रहेकाछन् ।

भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिमतर्फ रहेको पर्खाल नाघेर भागेको बताइएको छ । यद्यपी भागेका ती नेपालीहरुलाई बाँके प्रहरी प्रशासनले नियन्त्रणमा लिन सकेकोछैन ।

नेपाल–भारत सीमा नाकाबाट स्वास्थ्य जाँच पश्चात उद्धार गरि ल्याइएका नेपाली भागेपछि यतिबेला नेपालगन्जमा त्रास फैलिएकोछ । कोरोनाको संक्रमण विश्वब्यापी फैलिरहेको बेला सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लागिरहँदा यो घटनाले सरकारको गैरजिम्मेवारी सतहमा आएकोछ ।

भारतका विभिन्न क्षेत्रमा रोजगारी, अध्ययन तथा उपचार लगायतका काममा गएका नेपालीहरु कोरोनाको संक्रमण बढेसगैं नेपाल भित्रिने क्रम जारी छ । कोरोनाका कारण दिनानुदिन भारतमै ज्यान गुमाउनेको संख्या बढेपछि नेपाल प्रवेश गरेका नेपाली शंकास्पदरुपमा भाग्नुले स्वास्थ्य तथा सुरक्षा चुनौती थपेकोछ ।

पहिलो कुरा बर्डर बन्द गरिसकेपछि कुनैपनि ब्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाइनुपर्ने थियो त्यो किन गरेन सरकारले, ब्यवहारिकता हेरेर नेपाल प्रवेश गराएपनि उनीहरुको उचित ब्यवस्थापन गर्न नसक्नु बाँके प्रशासनको गैर जिम्मेवारी भएको स्थानीय मानवअधिकारकर्मी बताउँछन् ।