सावधान ! लकडाउन उल्लंघन गरे कारबाही हुन्छ: एसपी ओली


सावधान ! लकडाउन उल्लंघन गरे कारबाही हुन्छ: एसपी ओली

लकडाउनपछि सुनसान देखिएको नेपालगन्जको पुष्पलाल चोक । तस्विर: प्रकाशमान सिंहको फेसबुकवालबाट

नेपालगन्ज: कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले (आज) मंगलबारदेखि देशभर एकहप्ते लकडाउन गरेकोछ । योसगैं देशभरका नेपालीहरुलाई आगामी चैत १८ गते विहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमका बेला जनताका हितको लागि सरकारले नै चालेको कदम विपरित जाने जोकोहीलाई कारबाही गरिनेभएकोछ ।

लकडाउनको अवज्ञा गर्दै बिना कामकाज घरबाट बाहिर निस्किन, समुहमा बस्ने, टोलगलीमा अनावश्यक गुफिर गर्ने र मनोमानी गर्ने जो कोहीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । यो सवै नागरिकका लागि बाध्यकारि ब्यवस्था हो । अत्यावश्यक बाहेक सवैले मान्नैपर्छ । लकडाउन उल्लङघन गर्ने जोकोहीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्छौं प्रहरी प्रमुख ओलीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सेतोखरीसंग विशेष कुराकानी गर्दै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओलीले भने–‘बाँकेमा लकडाउन प्रभावकारीरुपमा लागु भएकोछ । यद्यपी विहानपख नेपालगन्जका विभिन्न गली र टोलमा सर्वसाधरणहरु विनाकारण हिडडुल गरेको, जम्मा भएको पाइएकोले पहिलोपटकका लागि सम्झाएर छाडेकाछौं । अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएका छैनौ ।’

लकडाउन लागु भएसगैं आफै स्थलगत अनुगमनमा पुगेको बताउँदै बाँके प्रहरी प्रमुख ओलीले भने–‘सर्वसाधरणले कुरा बुझ्दैनन्, जबरजस्ती बाहिर निस्कन खोज्छन्, हामीले सम्झाएका छौं । लकडाउनमा अटेरी गर्ने, जबरजस्ती गर्नेलाई कारबाही हुन्छ ।’

बाँके प्रहरीले यतीबेला नेपालगन्जमा अत्यावश्यक पसलहरुबाहेक सवै बन्द गराएको छ । नेपालगन्जमा दुधडेरी, तरकारी, पेट्रोल पम्प, औषधी पसल र केही खाद्यान्न पसलहरु मात्र खुल्ला रहेकाछन् ।

हामी अनावस्यक मुभमेन्ट नहोस् चाहान्छौं तर, पब्लिकले पनि कुरा बुझिदिनुपर्छ । यसमा प्रहरी प्रशासनलाई मात्र होइन सिंगो राष्ट्रलाई फाइदा हुन्छ । बाँके प्रहरी प्रमुख ओलीले बताए ।

कोरोना भाइरसको जोखिमबाट बच्न जिल्लाबासीलाई घरभित्रै बस्न र सुरक्षित उपाय अपनाउन आग्रह गर्दै बाँके प्रहरी प्रमुख ओलीले भने–‘लकडाउनका बेला पटक पटक सुनेर, बुझेर पनि अटेरी गर्ने, उल्लङघन गर्ने जोकोहीलाई सरकार र कानूनले ब्यवस्था गरेअनुरुप अक्षरस कारबाही हुन्छ, गर्छौ ।’

सोमबार काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले एक हप्ताका लागि देशलाई लकडाउने गरेको हो । लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ब्यवस्था छ । लकडाउन संक्रामक रोग ऐन–२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्नसक्छ ।