नेपालगन्ज: फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया किशोरीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि यतिबेला देशभर चिन्ता र चासो बढेकोछ ।
गत चैत्र ४ गते फ्रान्सबाट कतार हुदैँ नेपाल आएकी १९ वर्षीया किशोरीलाई कोरोना भाइरसदेखिएपछि उनीसगैं नेपाल आएका नेपालीहरुलाई सरकारले खोजीरहेकोछ ।
कोरोनाको संक्रमण भएकी ती १९ वर्षीया किशोरी चढेको जहाजबाट नेपाल आउने मध्ये चार जना बाँकेको रहेको खुलेपछि यतिबेला बाँकेमा त्रासको माहोल बनेकोछ ।
अझ सरकारले सो बेला नेपाल आएका सबै नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने भनेपछि कतिपय सम्र्पकमा आए भने कतिपय लुकीछिपी बसिरहेकाछन् ।
फ्रान्सबाट आएका बाँकेका ती चार जना नेपाली लुकीछिपी बस्दा स्वास्थ्य जोखिम बढेर आएकोछ । उनीहरुसगैं आएकी एक नेपाली युुवतीमा कोरोना भाइरस पुष्टि भएको तीन दिन वितिसक्दा पनि गैरजिम्मेवारी ढंगले लुक्दा उनीहरुको खोजी कार्य कठिन भएकोहो ।
नेपालगन्जका आशोक गुरुङ्ग भन्छन्–‘बाँकेका को–को हुन् हामीलाई थाहा छैन, सरकारले खोजी गरिरहदाँ पनि उनीहरु किन लुकेर बसेको हो । यसले उनीहरु मात्र नभइ उनको परिवार र सिंगो बाँके जिल्ला नै संक्रमणको उच्च जोखिममा छन् ।’
गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ ।
सोही जहाजमा बाँकेका चार जनाले समेत यात्रा गरेको र उनीहरुलाई खोजेर तत्काल क्वारेन्टाइनमा राख्न बाँकेमा पत्र आइपुगेको बताइएको छ ।
चैत ४ गते दोहाबाट आएका १ सय ५८ जना यात्रु लिएर आएको हवाई जहाजमा १ सय २५ जना नेपाली रहेको जनाइएको छ । देशका विभिन्न क्षेत्रका उनीहरुको खोजी गरी स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डिएसपी शिव सिंहले फ्रान्सबाट आएका बाँकेका चार जनाको खोजी कार्य सुरु गरिएको बताए ।
प्रवक्ता सिंहका अनुसार सरकारले चारै जनाको नाम र नागरिकता नम्बर खुलाएर पठाएको छ । तर, ठेगाना भने नखुलाइएकोले नागरिकता नम्बरको आधारमा उनीहरुको खोजतलास गरिरहेको बताए ।
प्राप्त पत्रअनुसार नामा र नागरिकता नम्बरका आधारमा बाँके प्रशासनबाट विस्तृत विवरण लिएकाछौं । उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्छौं प्रहरी प्रवक्ता सिंहले भने ।
यद्यपी फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसगैं सवार ती नेपालीहरु स्वस्फूर्त सम्र्पकमा नआउदाँ जोखिम बढेर गएकोछ । उनीहरुलाई खोजेर केही दिन क्वारेन्टाइनमा राख्न निर्देशन आए बमोजिम प्रहरी त्यसतर्फ अघि बढेको छ । डिएसपी सिंहले पत्र आएको पुष्टि गर्दै उनीहरुको खोजी गरि केही दिन सुरक्षित ठाउँमा राखिने बताए ।