नेपालगन्जको सदरलाईन स्थित हरिओम मेडिकलबाट सामाजिक दूरीका साथ औषधी खरिद गर्दै उपभोक्ता । तस्विरः रवि कनोजिया /सेतोखरी
नेपालगन्जः कोरोनाको सक्रमण बढ्दै गएपछि सरकारले लगाएको लकडाउनका बीच अत्यावश्यक सामान खरिदका लागि सर्वसाधरणको बजारमा भिड लाग्ने गरेकोछ ।
सधाझै आज पनि पाँच नबच्दै नेपालगन्जको ब्यस्त ठाँउहरु त्रिभुवन चोक, विपी चोक, सदरलाईन, एकलैनी, रानी तलाउ, अस्पतालरोड, धम्बोझी र न्यूरोड लगायतको क्षेत्रमा नेपालगन्जियाहरुको भिड रह्यो ।
एकातिर बाँके प्रशासनले लकडाउन प्रभावकारीढंगले कार्यान्वयन गरिरहेको दावि गरिरहँदा देशभर लागेको लकडाउनको तेस्रो दिन पनि नेपालगन्जियाले लकडाउन उल्लङघन गर्दै नेपालगन्जमा बेप्रवाह घुमिरहे ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि सरकारले चालेको कदमलाई नै नेपालगन्जियाले धजिया उडाउदैँ उल्लङ्घन गरिरहँदा प्रहरी प्रशासन मुखदर्शक बने । यो घटना लकडाउन लागु भएसगैं दिनहुँ नेपालगन्जमा भइरहेकोछ ।
अझ मानव स्वास्थ्यलाई ध्यानमा राखि अपनाउनुपर्ने स्वास्थ्य सर्तकता नेपालगन्जिया कसैले पनि अपनाएको देखिएन । यही लकडाउन र उल्लङ्घनकाबीच नेपालगन्ज सदरलाई स्थित हरिओम मेडिकलले कोरोना भाइरससंग बच्न र बचाउन सामाजिक दूरी कायम गरेकोछ ।
सडकपेटिसगैं रहेको उक्त औषधी पसलमा औषधी खरिदका लागि आउने उपभोक्ताका लागि सामाजिक दूरी जनाउ चिन्ह राखिएको छ । कोरोना भाइरसबाट बच्न सरकारले लागु गरेको लकडाउनको अवस्था अवलोकनकालागि बुधबार बेलुका सेतोखरी टिम सो क्षेत्रमा अवलोकन गरेको थियो ।
सोबेला औषधि किन्न झुम्मिएका सर्वसाधरणको भीडका बीचबाट औषधी बेचबिखन गरिरँहदा सामाजिक दुरी कायम गर्न सुझाव दिइएको थियो । सोको भोली पल्ट अर्थात बिहीबार हरिओम मेडिकलले उक्त सुझावलाई पालना गरि औषधी खरिदका लागि आउने सर्वसाधरणलाई सामाजिक दूरी कायम गरेकोछ ।
हरिओम मेडिकलले कोरोना भाइरसबाट बच्न सरकारले लगाएको लकडाउनकाबीच यसरी सामाजिक दूरी तय गर्ने नेपालगन्जको पहिलो पसल बनेकोछ । सामाजिक दूरीबाट औषधी खरिद गर्न आएका उपभोक्ता पनि यो देखेर अनौठो मानेका थिए ।
यसरी नै नेपालगन्जका अन्य ब्यापारिले सामाजिक दूरी कायम गरि सामान बेचौं र किनौं । हामीहरुको सानो लापरबाहीले ठूलो जोखिम निम्तिन सक्छ ।