नेपालगन्जका कोरोना आशंकित १० जनालाई होटल सामर्थ्यमा सारियो


नेपालगन्जका कोरोना आशंकित १० जनालाई होटल सामर्थ्यमा सारियो

File Photo

नेपालगन्ज: विश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाँके प्रशासनले निर्माण गरेको अस्थायी क्वारेन्टाईनमा राखिएका १० जनालाई स्थान्तरण गरेकोछ ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा बनाइएको अस्थायी क्वारेन्टाईनमा कोरोना भाइरसको आशंकामा रहेका १० जनालाई नेपालगन्ज सुर्खेतरोड स्थित सामर्थ्य ईन होटलमा राखिएकोछ ।

कोरोना भाइरस संक्रमितको आशंकामा भेटिएकालाई राख्ने गरि बनाइएको क्याम्पसको अस्थायी क्वारेन्टाईनको दयनीय अवस्था र व्यवस्थापनका विषयमा सेतोखरीले समाचार प्रकाशन गरेलगत्तै नेपालगन्ज र काठमाण्डौंका अन्य मिडीयाले क्वारेन्टाईनको दयनीय अवस्थाका बारेमा बारम्बार समाचार सम्प्रेषण गरेका थिए ।

नेपालगन्ज लगायत देशभरका मिडियाले महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी क्वारेन्टाईनको दुरावस्थाका विषयमा समाचार प्रशारण गरेपछि अन्ततः बाँके प्रशासनले यस्तो कदम चालेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सो क्वारेन्टाईनमा रहेका १० जनालाई यतिबेला होटल सामर्थ्य ईनमा राखिएकोछ । महेन्द्र बहुमुखी क्याम्पसमा निमार्ण गरिएको अस्थायी क्वारेन्टाइनका फोकल पर्सन रामबहादुर चन्दका अनुसार उनीहरुलाई केही समयका लागि होटलमा सारिएको हो ।

यतिबेला महेन्द्र बहुमुखी क्याम्पसमा रहेको उक्त क्वारेन्टाईनलाई व्यवस्थित र अवस्था सुधारको कार्य भइरहेको बताउँदै फोकल पर्शन चन्दले भने –‘क्वारेन्टाईनको काम नसकिदाँसम्म कोरोना भाइरस आंशकित १० जनालाई होटलमा राखिनेछ ।’

यतिबेला होटल बाहिर नेपाली सेना, प्रहरी, सशस्त्र तथा स्वास्थ्य चिकित्सक लगायतको टिम अस्थायी क्वारेन्टाईन सुरक्षार्थ खटिएकाछन् ।

यो पनि पढ्नुहोस्

क्वारेन्टाइन नै अस्तव्यस्तः खानेपानी समेत छैन्