File Photo
नेपालगन्ज: विश्वब्यापी महामारी बन्दै गएको कोरोना भाइरसको जोखिम पछिल्लो समयमा नेपालमा बढेर आएकोछ । कोरोना भाइरसको जोखिम बढेसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या बढेकोछ ।
हालसम्म नेपालमा ३ जनामा कोरोना भाइरस देखिएको पुष्टि भएकोछ । जसमध्ये एक जना यसअघि नै स्वस्थ भइसकेकाछन् । भने उपचारार्थ दुई जनाको अवस्था सन्तोषजनक रहेको बुझिएकोछ ।
योसगैं बाँकेमा पनि कोरोना आंशकितको संख्या बढेकोछ । हालसम्म प्राप्त जानकारी अनुसार बाँके जिल्लाका विभिन्न पालिका तहमा निर्मित क्वारेन्टाईनमा ३८ जना कोरोना आशंकति ब्यक्तिहरुले उपचार लिइरहेकाछन् ।
जसमा २ महिला सहित ३६ जना पुरुष रहेकाछन् । तथ्यांक अनुसार महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी क्वारेन्टाईमा एक महिला सहित १० जना र बाँकेको खजुरा गाँउपालिका मैटहवा माविमा एक जना महिला सहित २८ जना कोरोना भाइरस आशंकित रहेकाछन् ।
यसअघि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा निमार्ण गरिएको अस्थायी क्वारेन्टाईनका सवै १० जनालाई नेपालगन्ज सुर्खेतरोड स्थित सामर्थ्यमा ईन होटलमा राखिएकोछ ।
जिल्लाभरी सबैभन्दा बढि कोरोना भाइरस आंशकित ब्यक्ति खजुरा गाँउपालिकाले सञ्चालन गरेको क्वारेन्टाईनमा रहेकाछन् ।
यो पनि पढ्नुहोस्