बाँकेको बैजनाथ पुग्यो , कोहलपुरमा नेपाली क्रिकेटका पूर्व कप्तान क्षेत्रीद्वारा स्वागत
टूर दी ठाकुरद्वारा–२०७५ का साईकल यात्रीलाई बाँकेको कोहलपुरमा स्वागत गर्दै नेपाली क्रिकेटका पूर्व कप्तान एलबी क्षेत्री
नेपालगन्ज : बाँके र बर्दियाका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि आयोजित ‘टूर दी ठाकुरद्वारा–२०७५’ साईकल यात्री यतिवेला बाँकेको बैजनाथ गाँउपालिका पुगेकोछ ।
आज विहान ८ बजे नेपालगन्ज स्थित बागेश्वरी मन्दिर प्रागणबाट टूरको औपचारिक उद्घाटन भई निश्केको साइकल टोली ११ बजे बैजनाथ गाँउपालिका पुगेको हो ।
५० जना साईकल यात्रीसहितको टोली सुरक्षाको सम्पूर्ण बन्दोवस्त सहित निस्किएको थियो । विहान १० बजे बाँकको कोहलपुरमा पुगेको टोलीलालई नेपाली क्रिकेटका पूर्व कप्तान एलबी क्षेत्रीले स्वागत गर्दै मायाको चिनो समेत प्रदान गरेको टोलीमा सहभागि पत्रकार गोविन्द शर्माले जानकारी दिए ।
टूर दी ठाकुरद्वारा–२०७५का कार्यक्रम संयोजक सतिश निरौलाले अबको एक घण्टामा बर्दियाको बाँसगढी पुग्ने र त्यहा साइकल यात्रुहरुलाई खाना खुवाइने बताए । उनले बाँसगढी नगरपालिकाको संयोजनमा साइकल यात्रीलाई खाना खुवान लागेको जानकारी दिए ।
बाँकेको नेपालगन्ज स्थित बागेश्वरी मन्दिरबाट सुरुवात भएको उक्त यात्रा करिब एक सय किलोमिटरको दूरी पुरा गरि बर्दियाको ठाकुरद्वारा टुंगिनेछ ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा विहान नेपालगन्जका मेयर डा. धवल शम्शेर राणा र उपमेयर उमा थापाले विश्व साईकलयात्री पुष्कर शाहलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरि अभियानको सुभारम्भ गरेका हुन् ।
अभियानले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा नेपालगन्जको बागेश्वरी मन्दिर, जुङ्गे महादेव मन्दिर, बाँसगढीमा निर्माणाधीन केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जलाइ स्थापित गर्दै देश भर चिनाउने बिश्वास लिइएको कार्यक्रम संयोजक सतिश निरौलाले बताए ।
साईकलयात्रामा स्वदेशी र विदेशी गरी ५० जनाको सहभागिता रहेको आयोजक नेपालगञ्ज साइक्लिङ्ग क्लबका अध्यक्ष केशर आलेले बताए । कार्यक्रमको उद्धेश्य पर्यटन प्रवद्र्र्धन, वातावरण सरक्षण, स्वास्थ सचेतनासँगै साइकल चलाउनुको महत्व र साइकल यात्रीका लागि सडकमा साइकल लेन हुन आवश्यक छ भन्ने कुरा प्रवाह गर्नुसमेत रहेको आयोजकले जनाएको छ ।